कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ९ गते)
वैशाख ९ गते २ हजार ३ सय ६५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
परीक्षण गरिएकामध्ये १२.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख ९ गते मात्रै १९ वर्ष मुनीका २ सय ३९ जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ ।
गत २४ घण्टामा १० हजार १ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७६ हजार ३ सय ४५ जना निको भएका छन् ।
वैशाख ९ गते २ सय ५२ जना निको भएका छन् भने निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख ९ गतेसम्म ३ हजार १ सय १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १२ हजार ६ सय ९० देखाइएको छ । काठमाडौँ, ललितपुर, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार चापाकोट नगरपालिकामा शिक्षक, कर्मचारी र समुदायमा कोभिड–१९ का सङ्क्रमितहरू भेटिएपछि चापाकोट नगर कार्यपालिकाको वैशाख ८ गते बसेको बैठकले नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरू वैशाख १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । केही दिनअघि भारत भ्रमण गरी फर्केका सहित पाँच जना व्यक्तिहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि नगरपालिका भित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक हप्ताको लागि बन्द गरिएको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएपछि कुश्मा नगरपालिकाले नगर क्षेत्रका विद्यालय आगामी वैशाख १० गतेदेखि वैशाख १७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कुश्मा नगरपालिकामा वैशाख ८ गते बसेको कोरोना रोकथामसम्बन्धी बैठकले विद्यालयहरूमा सङ्क्रमणको दर जोखिम उच्च रहेको निश्कर्ष निकाल्दै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्वतका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
सङ्क्रमणको दर उच्च हुने सम्भावना भएपछि सदरमुकाम सहित नगरक्षेत्रका नीजि तथा सरकारी सबै विद्यालयहरु बन्द गर्ने र विद्यालयहरूले अनलाइन कक्षामार्फत भने शिक्षण गर्नुपर्ने निर्णय भएको उहाले जानकारी दिनुभयो । यसका साथै विद्यालयहरूमा सञ्चालन भइरहेका परीक्षाहरू भने नरोकिने र सङ्क्रमणको दर हेरेर विद्यालय बन्दको समयावधि थपघटको निर्णय गरिने अधिकृत तिवारीले बताउनुभयो ।
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार स्वर्गद्वारी नगरपालिका भित्रका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । कोभिड–१९ को सङ्क्रमणको दोश्रो लहर बढिरहेको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले वैशाख ९ गतेदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरेको हो ।
स्थानीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको वैशाख ८ गते बसेको बैठकले नगरपालिका भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिनुभयो । साथै बैठकले पालिका भित्रका बैङ्क तथा वित्तीय संस्था, व्यापारिक पसलहरू, होटललगायत सर्वसाधारण जमघट हुने स्थानहरू एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
भिंगृ प्राथमिक स्वास्थ्य केन्द्रबाट एन्टीजिन परीक्षण गर्दा धेरै जनामा पोजेटिभ देखिएकोले स्वास्थ्य संस्था निःसङ्क्रमण गर्न अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवाहरू वैशाख ९ र १० गते दुई दिन बन्द गरिएको छ । वैशाख ८ गते भिंगृ प्राथमिक स्वास्थ्य केन्द्रमा शङ्कास्पद १३ जनामा परीक्षण गर्दा ११ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । अहिले नगरपालिका भित्र ३६ जना सक्रिय सङ्क्रमित छन् । स्वर्गद्वारीमा पछिल्लो समय कोभिड सङ्क्रमित दुई जना व्यक्तिको मृत्यु भएको छ ।
एक वर्षअघि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख ९ गते सम्म ४२ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख ९ गते)
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…