कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ६ गते)
कात्तिक ६ गते ३ हजार ६ सय ३७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १५ हजार २ सय ५५ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक ६ गतेसम्म ८ सय १२ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक ६ गते मात्रै २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख २ हजार ८ सय २० जना निको भएका छन् । कात्तिक ६ गते ३ हजार २ सय १५ जना निको भएका छन् भने निको हुनेको दर ६९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ४४ हजार ८ सय ७७ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ३१ हजार ४ सय ५४ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ९० जनाको उपचार आइसीयूमा र ७७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
बागमती प्रतिनिधि
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गए पनि आइसीयू र भेण्टिलेटरको व्यवस्था नहुँदा सङ्क्रमित बिरामीको जीवन नै जोखिममा परेको छ । जिल्लामा पछिल्लो समय कोभिड–१९ का बिरामी दैनिक बढेका छन् । कात्तिक ६ गते मात्रै थप १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोभिड सङ्क्रमित हुनेको सङ्ख्या १ सय ५५ पुगेको छ । जसमध्ये अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ जना रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । जिल्लामा विभिन्न स्थानीय तहका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा १ सय ८ बेडका आइसोलेशन बनाइएका भए पनि त्यहाँ पर्याप्त उपचारको सुविधा छैन । जिल्लामा रहेका आइसोलेशनमा न आइसीयूको व्यवस्था छ न जिल्लाका कुनै अस्पतालमा भेण्टिलेटर नै छ । आइसीयू र भेण्टिलेटर नहुँदा कडा खालका सङ्क्रमितको उपचार जिल्लामा सम्भव नहुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शार्माले बताउनुभयो । त्यस्ता बिरामीलाई धुलिखेल अस्पताल रिफर गर्ने गरिएको उहाँले बताउनुभयो । जिल्लामा आइसीयू र भेण्टिलेटर स्थापना तथा सञ्चालन गर्ने जनशक्ति महङ्गो पर्ने भएकोले हालसम्म स्थापना गर्न नसिकएको उहाँले बताउनुभयो ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार दिन प्रतिदिन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि त्यसको नियन्त्रण र समुदाय स्तरमा फैलन नदिनका लागि भन्दै स्थानीय प्रशासनले कात्तिक ६ गते राति १२ बजेदेखि ६ दिनसम्मका लागि निशेधाज्ञा जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्ला सदरमुकाम चरिकोटलगायत जिल्लाका मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिनु भयो । बैठकले जिल्लाभित्र यातायाताका साधानहरू भने आवश्यक सुरक्षा मापदण्ड पुरा गरी बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । दशैँको बेला राजधानी काठमाडाँैलगायत अन्त्रबाट सङ्क्रमतिहरू गाउँ आउन सक्ने र सङ्क्रमण फैलाउने उच्च सम्भावना रहेकोले सावधानी अपनाउन र जिल्ला प्रवेश गरेकाहरू आआफ्नो घरमै एकहप्ता क्वारेण्टिनमा बस्ने वातावरणका लागि पनि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला थाहा नगरपालिका–६ घर भई शैलुङ गाउँपालिका–८ मा बस्ने ३९ वर्षीय हिराकाजी बलामीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
२ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या
झिमरुक गाउँपालिका-१, सौतामारे गाउँका २ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या भएको छ । सौतामारे गाउँमा लामो समयदेखि खानेपानीको सुविधा नहुँदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ । साबिकको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रेश्वरी गाउँपालिका–२, सल्यानका २१ वर्षीय लक्ष्मण विकलाई १० वर्ष कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराइ पोख्रेलको ०८१ कात्तिक…
गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै
गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको…