कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १ गते)
वैशाख १ गते ५ सय ८० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८१ हजार ५ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ४ हजार २ सय ८९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७४ हजार ४ सय ४७ जना निको भएका छन् ।
वैशाख १ गते १ सय २९ जना निको भएका छन् भने निको हुनेको दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख १ गतेसम्म ३ हजार ६१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ४ हजार ५६ देखाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
खानेपानीको समस्या झेल्दै रारा गाउँबासी
तिला गाउँपालिका–१, रारा गाउँका नागरिकले खानेपानीको समस्या झेल्दै आइरहेका छन् । रारा गाउँका नागरिकले धित मरुन्जेल खानेपानी खान नपाएको पुस्तौँ बित्यो । रारा गाउँमा खानेपानीको चरम समस्या छ । अहिले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई वैदेशिक रोजगारीमा हुँदा सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा गुर्भाकोट नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र ऐरीलाई प्रहरीले ०८१ असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
जिल्ला अस्पताल स्तरोन्नति नहुँदा बिरामीलाई सास्ती !
डण्डामा रहेको मध्यबिन्दु अस्पताल स्तरोन्नति नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन् । १५ शैयाको जिल्ला अस्पताल हाल ७८ शैयामा सञ्चालित छ । तर, स्वीकृत दरबन्दी १५ शैयाको मात्र रहेको छ…
हिलोसहितको बाढीले सुकुम्बासीलाई समस्या ! (फोटो फिचर)
असोज १०, ११ र १२ गते परेको वर्षाले बागमती प्रदेशमा सात ओटा जिल्ला अति प्रभावित भए । सोही वर्षाले बागमती नदीमा आएको हिलोसहितको बाढी नै काठमाडौँ महानगरपालिका–११, वंशीघाटको सुकुम्बासी बस्तीमा…