कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १४ गते)

चैत १४ गते ८५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २ हजार ७ सय ४५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२ हजार ४ सय ३५ जना निको भएका छन् ।

चैत १४ गते ९३ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत १४ गतेसम्म ३ हजार २७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ८८ देखाइएको छ ।


अनलाइन डेस्क