कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार १ सय ४३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७० हजार ७ सय ६६ जना निको भएका छन् । फागुन २१ गते ८३ जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २१ गतेसम्म ३ हजार १० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन २१ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८ सय ३२ देखाइएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा पाँच वर्ष र ६ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्लाको गर्भाकोट नगरपालिका-९ की ४६ वर्षीया चन्द्रा वलीलाई पाँच वर्ष कैद सजाय र रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका-३ का ५०…
खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित पति गिरफ्तार
अन्नपूर्ण गाउँपालिका घर भई पोखरा महानगरपालिका बस्दै आएकी ४० वर्षीया राधिका कुँवरलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति जहरसिंह कुँवरलाई भदौ २६ गते गिरफ्तार गरेको छ…
इन्सेक मधेस प्रदेशद्वारा बलात्कार घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले १८ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाको अनुगमन ०८१ भदौ २४ गते गरेको छ । घटनाको अनुगमन इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको…
एकीकृत गुठी ऐन तत्काल बनाउन किसानको माग ! (फोटो फिचर)
दाङका स्वर्गद्वारी गुठीपीडित किसानले तत्काल एकीकृत गुठी विधेयक संसदमा दर्ता गरी कानुन बनाउन सरकारसँग माग गरेका छन् । तीन पुस्तादेखि जोगभोग गर्दै आएको जग्गामाथिको अधिकार किसानले पाउन नसकेको भन्दै गुठीपीडित…
पत्निको हत्या आरोपमा पति गिरफ्तार
निजगढ नगरपालिका-९ भमरा टोलकी ३८ वर्षीया लक्ष्मी राईलाई ४२ वर्षीय पति बिमल बस्नेतले ०८१ भदौ २५ गते घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालयले सोही दिन गिरफ्तार…