कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १३ गते)

फागुन १३ गते १ सय १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ४ सय ११ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७० हजार २ सय २३ जना निको भएका छन् । फागुन १३ गते ८४ जना निको भएका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन १३ गतेसम्म २ हजार ७ सय ६७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । फागुन १२ गते  मन्त्रालयले जारी गरेको अवस्था प्रतिवेदनमा २४ घण्टामा प्राप्त भएको मृत्यु सङ्ख्या भनी ६ सय १९ देखाएको थियो भने फागुन १३ गते त्यसैगरी ८३ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । मन्त्रालयले कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका निकायहरूको तथ्याङ्कको आधारमा गत एक वर्षमा कोभिड १९ बाट मृत्यु भएकाको सङ्ख्या भनी थप सङ्ख्याको पुष्टि गरेको हो । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या ८ सय ८२ देखाइएको छ ।

 


अनलाइन डेस्क