कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २५ गते)

माघ २५ गते १ सय १९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार २ सय ५१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६८ हजार ७२ जना निको भएका छन् । माघ २५ गते २ सय ६० जना निको भएका छन् भने निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २५ गतेसम्म २ हजार ३८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । १ हजार ८ सय १५ जना सक्रिय सङ्क्रमित रहेकामा ८ सय ८४ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये ५६ जनाको उपचार आइसीयूमा र ११ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क