कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १९ गते)

माघ १९ गते १ सय ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७१ हजार १ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार १ सय ४५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६६ हजार ६ सय जना निको भएका छन् । माघ १९ गते २ सय ६४ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १९ गतेसम्म २ हजार २९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । माघ १९ गते केभिड सङ्क्रमितको मृत्यु भएन । २ हजार ४ सय ८९ जना सक्रिय सङ्क्रमित रहेकामा १  हजार ६ सय ४७ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय २८ जनाको उपचार आइसीयूमा र २२ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क