कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १८ गते)
माघ १८ गते १ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ३ सय ८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६६ हजार ३ सय ३६ जना निको भएका छन् । माघ १८ गते २ सय ८८ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १८ गतेसम्म २ हजार २९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । २ हजार ५ सय ९४ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ७ सय ३२ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ४३ जनाको उपचार आइसीयूमा र २५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम
जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्न नमिल्ने कानुनी प्रावधान भए पनि मुगुमा बालविवाह कायमै रहेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । आरोपित महराले…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनुभएको छ । घरमा कोही नभएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-२ का ३७ वर्षीय कृष्ण धोवीलाई प्रहरीले ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १९ गते बलात्कार गरेको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० चैत १२ गते बलात्कार गरी फरार…