कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १७ गते)
माघ १७ गते १ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६ सय १८ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६६ हजार ४८ जना निको भएका छन् । माघ १७ गते ३ सय ५० जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १७ गतेसम्म २ हजार २७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनायो । २ हजार ७ सय ७९ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ९ सय ३५ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ४४ जनाको उपचार आइसीयूमा र २५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जिल्ला प्रशासन कार्यालयमार्फत शान्तिका लागि नागरिक समाजले बुझायो ध्यानकर्षणपत्र
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले बेपत्ता पारिएका व्यक्तिको छानविन, आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य छनोट प्रक्रिया पारदर्शिताको माग गर्दै ध्यानकर्षण गराएको छ । कात्तिक…
सङ्क्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीको माग
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले आयोगका पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन अधिकारकर्मीले माग गरेका छन् । सिफारिस…
इन्टरनेट तथा टेलीफोन सेवा प्रभावकारी नहुँदा स्थानीयहरु सञ्चार सुविधाबाट वञ्चित
जिल्लाका पाँच ओटा स्थानीय तहका नागरिकहरुले अहिले पनि सहज रुपमा सञ्चार सेवा पाउन नसकेको अवस्था छ । साइपाल गाउँपालिका, तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश गाउँमा…
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित
सुनाइसम्बन्धी अपाङ्गता हुनु भएकी साँगुरिगढी गाउँपालिका-१ बुढीमोरङकी ७९ वर्षीया हस्तकुमारी तामाङले नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनु परेको गुनासो गर्नु भएको छ । तामाङका पति कर्णबहादुर तामाङले हस्तकुमारीलाई…
मजखोरी माध्यमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित
छविसपाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यमिक विद्यालयमा विगत लामो समयदेखि गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ प्रभावित भएको छ । गणित र विज्ञान विषयका शिक्षक नहुँदा विद्यार्थीको पढाइ नै…