कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २६ गते)

पुस २६ गते २ सय ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार २ सय ८६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५८ हजार ४ सय ४१ जना निको भएका छन् । पुस २६ गते ५ सय १३ जना निको भएका छन् भने निको हुनेको दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २६ गतेसम्म १ हजार ९ सय १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ४ हजार ४ सय २२ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार १ सय ७९ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ९१ जनाको उपचार आइसीयूमा र ४४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, सोलुखुम्बु र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क