कोभिड–१९ः यो साता ७ सय १६ जना सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ७ सय १६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भयो । एक सातामा २२ हजार ६ सय ७० ओटा स्वाब परीक्षण गरेकामा ६ सय ६० जनामा सङ्क्रमण पुष्टि भयो । यो अवधिमा ५ सय ५ जना सङ्क्रमित कोभिड मुक्त भए ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा फागुन ११ गतेबाट फागुन १७ गतेसम्म थप १ सय ४४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ७६ जना पुरुष र ६८ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ९ सय ७७ रहेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यो साता महिला ३० जना र पुरुष ६० जना गरी ९० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता सबैभन्दा बढी रुपन्देही जिल्लामा २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा २ सय १३ जना गरिएको परीक्षणमा नौ जनामा कोभिड पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…
निःशुल्क डाइलासिस सेवाको पालो नपाउँदा बिरामी मर्कामा ! (फोटो फिचर)
सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् । गुलरिया नगरपालिका–१२, लालपुरका…