कोभिड–१९ः यो साता ६ जना सङ्क्रमितको मृत्यु, ७ सय १६ जनामा कोभिड–१९ पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ६ जना कोभिड–१९ का सङ्क्रमितको मृत्यु भयो । एक सातामा २२ हजार ७ सय २४ ओटा स्वाब परीक्षण गरेकामा ७ सय १६ जनामा सङ्क्रमण पुष्टि भयो । यो अवधिमा ७ सय ६२ जना सङ्क्रमित कोभिड मुक्त भए ।

coviddata20210223ktm
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ फागुन ३ गतेदेखि ११ गतेसम्मको प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश   
यस प्रदेशमा फागुन ११ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५२ हजार ८ सय ९५ जना महिला र ९७ हजार ८ सय १ जना पुरुष गरी जम्मा १ लाख ५० हजार ६ सय ९६ जना पुगेको छ । अघिल्ला हप्ता १ लाख ५० हजार २ सय ६० जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यस हप्ता ४ सय ३६ जना मात्र सङ्क्रमित थपिएका हुन् ।  यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ४८ हजार ५ सय ५१ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १ हजार १ सय ३८ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या १ हजार १ सय ७६ जना रहेकोमा यो हप्ता ३८ जना कम भई १ हजार १ सय ३८ जनामा झरेको हो । यस प्रदेशमा फागुन ११ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने १ हजार ७ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ३ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६९ प्रतिशत रहेको छ । अघिल्लो साता ३५.१ प्रतिशत महिला र ६४.९ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा माघ फागुन ११ गते पनि सोही अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ । बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५५.२० प्रतिशत रहेकोमा फागुन ११ गते आइपुग्दा पनि सोही प्रतिशत कायम रहेएको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९८.२० प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा फागुन आइपुग्दा यो सङ्ख्या ९८.६० प्रतिशत रहेको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा फागुन ४ गतेबाट फागुन १० गतेसम्म थप १ सय ४८ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । योसँगै प्रदेशमा कुल सङक्रमितको सङ्ख्या १७ हजार ८ सय २९ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट १ सय ६८ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या १८ हजार ७ सय ४९ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल २ सय १६ जनाको मृत्यु भएको छ । जसमध्ये यो साता तीन जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको फागुन १० गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल १ सय ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितहरूमध्ये २२ जना संस्थागत आइसोलेशनमा बसेका छन् भने ६ जना आइसीयू र तीन जना भेण्टिलेटरमा रहेका छन् ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा हालसम्म  ३० हजार ४ सय ६५ जना कोभिड सङ्क्रमण निको भएका छन् । १ सय २७ जना सक्रिय सङ्क्रमित छन् । भने २ सय ९२ जनाको मृत्यु भएको छ । हाल संस्थागत आइसोलेशनमा १ सय ७ जना, आइसीयुमा १६ जना र भेण्टिलेटरमा दुई जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा फागुन ४ गतेदेखि फागनु १० गतेसम्म १५ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५३ पुगेको छ । फागुन १० गते मात्रै सुदूरपश्चिम प्रदेशका ६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये बझाङ जिल्लामा एक, कैलालीमा चार र डोटीमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । यस सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको भएपनि यो साथा कोभिडका कारण कसैको मृत्यु भएको छैन् । यस प्रदेशमा फागनु १० गतेसम्म ५१ जनाको सस्थागत आइसोलेशनमा र एक जनाको  भेण्टिलेटरमा उपचार भइरहेको छ  । फागुन १० गतेसम्म प्रदेशमा १४ हजार ८ सय ४८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय ६८ जनामा कोभिड पुष्टि भएको छ । नेपाल सरकारले ०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनपश्चात फागुन ५ गतेसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशमा २७ हजार १ सय २७ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको सुदूरपश्चिम समाजिक विकास मन्त्रालयले जनाएको छ । दोस्रो चरणको खोप अभियान सुदूरपश्चिम प्रदेशमा फागुन २ गतेदेखि सुरु भएको र फागुन ५ गतेसम्म यस प्रदेशमा थप १२ हजार २ सय ७२ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइएको सुदूरपश्चिम समाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा अछाम जिल्लामा १ हजार २ सय २७ जना, बतैतडीमा १ हजार १ सय ४५ जना, बझाङमा १ हजार ६० जना, बाजुरामा ३ सय ५२ जना, डडेल्धुरामा ५ सय ५० जना, दार्चुलामा १ हजार १ सय ७० जना,  डोटीमा ९ सय २४ जना, कञ्चनपुरमा २ हजार ३ सय २५ जना र कैलालीमा ३ हजार ५ सय  ९९ जनाले खोप लिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । पहिलो चरणमा कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने र उच्चजोखिममा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, वृद्धाश्रममा रहेका व्यक्तिहरू, सिमानामा खटिएका र कैदीबन्दीहरुलाई  खोप लगाइएको र दोस्रो चरणमा पत्रकार, सरकारी कार्यालयका कर्मचारी, बैङ्कका कर्मचारी र अग्रपङ्क्तिमा काम गर्न व्यक्तिहरुलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क