कोभिड–१९ः यो साता नेपालमा कोभ्याक्स खोपको व्यापकता

प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ माघ १९ गतेदेखि माघ २६ गतेसम्मको अवधिमा झापामा नौ जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा चार जना पुरूष र सात जना महिला गरी ११ जना , खोटाङमा दुई जना पुरूष र एक जना महिला गरी तीन जना,  मोरङमा तीन जना पुरूष र एक जना महिला गरी चार जना, धनकुटामा दुई जना पुरूष, पाँचथरमा एक जना महिला, ओखलढुङ्गामा एक जना पुरूष र तेहृथुममा दुई जना पुरूष गरी ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला,मेची अस्पताल प्रयोगशाला,कोटीहोम प्रयोगशाला,नोवेल अस्पताल प्रयोगशाला,विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भोजपुर, इलाम,सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ र उदयपुरमा यो साता कोभिड–१९ सङ्क्रमित फेला नपरेको मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले ०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरूद्धको खोप अभियान चलाए पश्चात माघ २५ गतेसम्मको अवधिमा प्रदेश १ मा १२ हजार २ सय १७ जना पुरूष र १३ हजार ५ सय ८ जना महिला गरी २५ हजार ७ सय १८ जनाले कोभिड–१९ विरूद्धको खोप लिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा ताप्लेजुङमा ३ सय २१ जना पुरूष र ५ सय ४५ जना महिला गरी ८ सय ६६ जनाले कोभिड–१९ विरूद्धको खोप लिएका छन् । सङ्खुवासभामा ३ सय ६७ जना पुरूष र ५ सय ५७ जना महिला गरी ९ सय २४ जना, सोलुखुम्बुमा २ सय २५ जना पुरूष र ४ सय ४७ जना महिला गरी ७ सय ११ जना, ओखलढुङ्गामा ३ सय ६४ जना पुरूष र ७ सय ७३ जना महिला गरी १ हजार १ सय ३७ जना, खोटाङमा २ सय ९३ जना पुरूष र ३ सय ९८ जना महिला गरी ६ सय ९१ जना, भोजपुरमा ३ सय ७७ जना पुरूष र ५ सय ३१ जना महिला गरी ९ सय ८ जना, धनकुटामा ४ सय ५० जना पुरूष र ३ सय ८४ जना महिला गरी ८ सय ३४ जना, पाँचथरमा ३ सय ९३ जना पुरूष र ४ सय ५४ जना महिला गरी ८ सय ४७ जना, इलाममा ५ सय ४० जना पुरूष र ९ सय ३५ जना महिला गरी १ हजार ४ सय ७५ जना, झापामा २ हजार ६ सय ३८ जना पुरूष र १ हजार ८ सय ८७ जना महिला गरी ४ हजार ६ सय २७ जना, मोरङमा २ हजार ८ सय ६० जना पुरूष र ३ हजार ५२ जना महिला गरी ५ हजार ९ सय १४ जना, सुनसरीमा २ हजार २ सय ९० जना पुरूष र २ हजार ६ सय ३८ जना महिला गरी ४ हजार ९ सय २८ जना र उदयपुरमा ६ सय ३८ जना पुरूष र ४ सय ७२ जना महिला गरी १ हजार १ सय १० जनाले कोभिड–१९ विरूद्धको खोप लिएको प्रदेश १ सामाजिक विकास मन्त्रालय, कोभिड–१९ निगरानी तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिले जनाएको छ ।

बागमती प्रदेश   
यस प्रदेशमा माघ २६ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या ५९ हजार ८ जना महिला र ९० हजार ७ सय ६० जना पुरुष गरी जम्मा १ लाख ४९ हजार ७ सय ६८ जना पुगेको छ । अघिल्ला हप्ता १ लाख ४९ हजार २ सय २७ जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यस हप्ता ५ सय ४१ जना मात्र सङ्क्रमित थपिएका हुन् ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ४६ हजार ४ सय २८ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा १ हजार ८ सय ३ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या १ हजार ८ सय ३ जना रहेकोमा यो हप्ता ५ सय ५५ जना कम भई १ हजार २ सय ४८ जनामा झरेको हो ।
यस प्रदेशमा माघ २६ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने १ हजार जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा चार जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६७ प्रतिशतमा स्थिर रहेको छ ।
अघिल्लो साता ३९.४ प्रतिशत महिला र ६०.६ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा माघ २६ गते पनि सोही अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५४.७२ प्रतिशत रहेकोमा माघ २६गते आइपुग्दा पनि सोही प्रतिशत कायम रहेएको छ ।
यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९८.१२ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा माघ २६ आइपुग्दा यो सङ्ख्या ९८.५० प्रतिशत रहेको छ ।
कोभिड–१९ भाइरसविरुद्धको पहिलो पहिलो चरणको खोप अभियानमा ७८ हजार ८ सय  ३७ जनालाई खोप लगाउने बागमती प्रदेश सरकारको लक्ष रहेकोमा अभियान अन्त्य माघ २४ गतेसम्ममा बागमती प्रदेशमा ६३ हजार सय ८ जनाले खोप लगाएका  छन् । यो कूल लक्षको ८०.३० प्रतिशत रहेको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा माघ २० गतेबाट माघ २६ गतेसम्म थप १ सय ७५ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ सय १४ पुरूष र ६१ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङक्रमितको सङ्ख्या १७ हजार ५ सय २ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट २ सय ३५ जना निको भएका छन् । योसगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या १८ हजार ४ सय ४ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कूल २ सय १२ जनाको मृत्यु भएको छ । जसमध्ये यो साता तीन जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माघ २६ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल १ सय ७४ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितहरूमध्ये  २६ जना संस्थागत आइसोलेशनमा बसेका छन् भने एक जना आइसीयूमा रहेका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माका अनुसार माघ १४ गतेबाट प्रदेश भरी सुचारु गरिएको कोरोनाविरुद्ध पहिलो चरणको खोप अभियानमा हालसम्म १८ हजार ४ सय ७२ जनाले खोप लगाइसकेको छन् ।

लुम्बिनी प्रदेश
यस साता माघ २० गते देखि मा २५ गतेसम्म लुम्बिनी प्रदेशमा ८७ जना पुरुष र ५८ जना महिला गरी जम्म १ सय ४५ जनामा कोभिड सङ्क्रमण पुुष्टि भयो । यस साता उच्च सङ्क्रमण हुने जिल्लामा रुपन्देही  ३७ जनामा सङ्क्रमित भए । सबै भन्दा कम रुकुम पुर्वमा एक  जनामा मात्र सङ्क्रमण देखियो ।  महिला भन्दा पुरुषमा बढी सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । हालसम्म प्रदेशमा कोभिड विरूद्धको खोप २८ हजार ९ सय ४१ जनाले लगाएका छन् ।

सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा माघ २० गतेदेखि माघ २६ गतेसम्म ३२ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ७१ पुगेको छ । माघ २६ गते मात्रै सुदूरपश्चिम प्रदेशका तीन जना महिला सहित ६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये बैतडी जिल्लामा एक महिलासहित दुई जना, बाजुरामा एक पुरुष, डोटीमा एक महिला, कैलालीमा एक महिला र कञ्चनपुरमा एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।  यस सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६५ जना पुगेको भएपनि यो साथा कोभिडका कारण कसैको मृत्यु भएको छैन् । यस प्रदेशमा माघ २६ गतेसम्म ६५ जनाको सस्थागत आइसोलेशनमा र एक जनाको  आइसियुमा उपचार भइरहेको छ  । माघ २६ गतेसम्म प्रदेशमा १४ हजार ७ सय ९२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय २८ जनामा कोभिड पुष्टि भएको छ ।
नेपाल सरकारले ०७७ माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालनपश्चात माघ २४ गतेसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशमा १४ हजार ८ सय ५५ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको सुदूरपश्चिम समाजिक विकास मन्त्रालयले जनाएको छ ।
सो अवधिमा कैलालीमा ४ हजार १ सय ८५ जना,कञ्चनपुरमा २ हजार ७ सय ९२, डोटीमा १ हजार १ सय ३७,डडेल्धुरामा १ हजार ९२, बैतडीमा १ हजार ३ सय ९७, दार्चुलामा १ हजार ८२, अछाममा १ हजार ४ सय ९५, बझाङमा १ हजार ९१ र बाजुरामा ६ सय १५ जनाले खोप लिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पहिलो चरणमा कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा अग्रपंक्तिमा खटिने र उच्चजोखिममा रहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शब वाहन चालक, शब व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, बिद्धाश्रममा रहेका व्यक्तिहरु, सिमानामा खटिएका र कैदीबन्दीहरुलाई  खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क