९० वर्षीय बृद्धालाई बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला
९० वर्षीया बृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका–३ देउरालीका २० वर्षीय शङ्कर परियारलाई जिल्ला अदालतले असार २४ गते ११ वर्ष कैद सजायको फैसलाका साथै ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आरोपितलाई ११ वर्ष कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताए ।
बोलाईसम्बन्धी अपाङ्गता समेत रहेकी पीडित बृद्धालाई आरोपितले गत वैशाख ५ गते मदिरा सेवन गरेर उनकै घरमा बलात्कार गरेको आरोप लागेको थियो ।
पीडितका आफन्तले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा वैशाख ६ गते उजुरी दिएका थिए । प्रहरीले परियारलाई उजुरीका आधारमा गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
पीडित बृद्धाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा वैशाख ६ गते गरिएको थियो । पर्वत जिल्ला अदालतले जेठ १ गते परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि असार २४ गते आइतबारका दिन ११ वर्ष कैदको सजाय र ३० हजार रुपियाँ क्षतिपूर्ति बापत जरिबाना भराउने आदेश गरेको हो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…