९० प्रतिशत द्वन्द्वपीडितद्वारा कारबाहीको मागः सदस्य सुवेदी
सत्यनिरूपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाको छानबिनकालागि प्रदेश नं. ५ को मुकाम कार्यालय तुलसीपुरमा स्थापना गरेको छ ।
आयोगका सदस्य श्रीकृष्ण सुवेदीले उच्च अदालत तुलसीपुरको सरकारी वकिल कार्यालयमै मुकाम कार्यालय स्थापना गरिएको बताए । आयोगले जेठ २१ गते नै पाँच नम्वर प्रदेशका कुल १५ हजार उजुरीमध्ये १ हजार ५ वटा उजुरी फाइल मुकाम कार्यालयलाई हस्तान्तरण समेत गरेको छ । आयोगका सदस्य सुवेदीले मुकाम कार्यालयका प्रमुख एवम् उच्चअदालत तुलसीपुरका न्यायाधिवक्ता सुरेन्द्रजङ्ग शाहीलाई हस्तान्तरण गरेका हुन ।
आयोगका सदस्य सुवेदीले घटनाको छानबिनलाई थप सहज बनाउन मुकाम कार्यालयको स्थापना गरिएको बताए । पीडितहरूमा न्यायिक प्रक्रिया अघि नबढेको भन्दै निराशा छाउन थालेको भन्दै आयोगले परिभाषित काम गर्न अब ढिलाइ नगर्ने बताए ।
पीडितहरूले मात्रै होइन पीडितहरूको उजुरीमाथिको छलफलमा किन ढिलाई भइरहेको भन्ने प्रश्न अन्तर्राष्ट्रिय जगतले समेत चासो लिएको उनको भनाइ थियो । विश्वका ६२ देशले द्वन्द्वपीडितका उजुरीमाथिको छानबिन र आयोगको काममा भइरहेको ढिलाइप्रति चासो राखेको जानकारी दिँदै सुवेदीले आयोगले पीडितको पक्षमा काम गरिछाड्ने प्रतिबद्धता जनाए । उनले ९० प्रतिशत पीडितले कारबाहीको अपेक्षा गरेको जानकारी दिँदै परिपुरणलाई पनि उत्तिकै जोड दिनुपर्ने बताए ।
तुलसीपुर मुकामअन्तर्गत बुटवल र नेपालगञ्जमा पनि शाखा कार्यालय राखेर छानवीन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । दाङमा उच्च अदालत तुलसीपुरका न्यायाधिवक्ता सुरेन्द्रजङ्ग शाहिको संयोजकत्वमा पुनरावेदन अदालतका पूर्व न्यायाधीश नारायणप्रसाद धिताल र सीता आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । समितिले छानबिनका लागि विशेषज्ञहरूको समेत सहयोग लिन सक्नेछ । पाँच नम्वर प्रदेशको मुकामको जिम्मेवारी आयोगका सदस्य श्रीकृष्ण सुवेदीलाई यसअघि नै आयोगले दिइसकेको छ ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…