८० वर्षीया वृद्धालाई हत्या गरेको आरोपमा नाती गिरफ्तार
दुर्गाथली गाउँपालिका– ५ की ८० वर्षीया वृद्धा रिठीदेवि जप्रेलको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय नाती शुभाष जप्रेललाई भदौ ३१ गते गिरफ्तार गरेको छ ।
८० वर्षीया जप्रेल भदौ २७ गतेदेखि हराएको भनेर पीडित पक्षले प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्दै जाँदा भदौ ३१ गते पीडित पक्षकै आगनमा गाडिएको अवस्थामा वृद्धा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
घटनामा सङ्लग्न भएको आशंकामा दुर्गाथली गाउँपालिका–५ का वडाध्यक्ष समेत रहेका रामबहादुर जप्रेलका छोरा शुभाषलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी खड्काले बताउनु भयो ।
मृतकका छोरा दुर्गाथली गाउँपालिका–५ का वडाध्यक्ष समेत रहेका रामबहादुर जप्रेलले घटना शंकास्पद रहेको भएपनि छोराले नै हत्या गरेको भन्ने विश्वास नलागेको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टमका लागि भदौ ३१ गते जिल्ला अस्पताल ल्याइएको छ ।
उत्तमकुमार थापा
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…