७३ वर्षीया भूकम्पपीडित धनमायाको गुनासो-'छाप्रामा नै सास जाने भयो'
भूकम्प गएको तीन वर्षसम्म भूकम्पपीडितको गुनासो सुनुवाइ नहुँदा १० हजार ७ सय २६ परिवार निजी आवास लाभग्राही बन्न सकेको छैन ।
०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले जिल्लाका अधिकांश घर पुर्ण रूपमा क्षति भए । भूकम्प लगत्तै प्राविधिकको टोलीले घरघरमा गएर सर्वेक्षण गर्दा जिल्लाका ५५ हजार ६ यस ९४ निजी आवास पूर्णरूपमा नष्ट भएको र १ हजार ५ सय ६ घर आंशिक रूपमा क्षति भएको प्रतिवेदन दियो ।
लाभग्राही सूचीमा नपरेको भनी २४ हजार ३ सय ७९ परिवारले गुनासो फाराम दर्ता गरे । गुनासो सुनुवाइबाट १० हजार ८ सय ९३ प्रमाणीकरण भई लाभग्राहीमा थपिए । तर, दर्ता भएका १० हजार ७ सय २६ गुनासो सुनुवाइ नहुँदा भीमेश्वर नगरपालिका-४ की ७३ वर्षीया धनमाया श्रेष्ठलगायत भूकम्प पीडित लाभग्राही हुनबाट वञ्चित रहेका छन् । बृद्ध धनमाया श्रेष्ठ भन्छिन्-'जस्ताको छाप्रामा नै तीन हिउँदको चिसो र वर्षाको भेल सहियो । अब यहि छाप्रामा नै सास जाने भयो ।'
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले निजी आवास निर्माणको पुनः सर्वेक्षण र गुनासोलाई छिटो सम्बोधन गर्ने बताए ।
१८ हजार ६ सय १३ भूकम्पपीडितको आवास निर्माण हुन बाँकी
जिल्लाका ६० हजार २ सय ३० जना सूचीकृत भूकम्पपीडित लाभग्राहीले नीजि आवास निर्माण अनुदान सम्झौता गरेका छन् भने सूचीकृत २ हजार ६ सय ३ जनाले सम्भौता गरेका छैनन् । आवास निर्माण सम्झौता गर्नेमध्ये ५७ हजार ४ सय ४० जनाले प्रथम किस्ता, ३७ हजार ६ सय ८० लाभग्राहीले दोश्रो किस्ता र १८ हजार ५ सय ७२ लाभग्राहीले तेश्रो किस्ता रकम पाइसकेको र लाभग्राही सूचीमा परेका ४ प्रतिशत आवास निर्माण सम्झौता गर्न नआएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समितिको सचिवालयले जनायो ।
दोलखामा तीन वर्षको अवधिमा २० हजार १ सय ४ भूकम्प पीडितको निजी आवास निर्माण सम्पन्न भएको छ । यसमध्ये २ हजार ४ सय निजी आवास गैरसरकारी संस्थाको अनुदान सहयोग र प्राविधिक सहयोगमा सम्पन्न भएका हुन् ।
१८ हजार ६ सय १३ परिवारको आवास निर्माण कार्य सुरू भएको छैन भने ४२ हजार ७ सय २९ परिवारको निजी आवास निर्माणाधिन अवस्थामा छ । जिल्लामा भूकम्पमा परी १ सय ७७ जनाले ज्यान गुमाए भने १३ जना बेपत्ता भए ।
जिल्लामा ३ सय ६६ विद्यालय र ३७ ओटा स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने पर्नेमा ३ सय विद्यालय निर्माण भइरहेका, ५६ ओटा सम्पन्न भइसकेको र ३१ ओटा स्वास्थ्य चौकी निर्माण सम्पन्न भैसकेको र ६ ओटा निर्माण गर्न बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यले बताए ।
गुणस्तरहीन गिटी बालुवा, महङ्गो निर्माण सामग्री र कामदारः सरकार मौन
ढोलीखोलबाट ल्याएको बालुवामा माटोको मिसावट अनि ठुला ढुङ्गा किनेर ३५ किलोमिटर टाढा ढुवानी भाडा तिरेको बालुवा खसाल्दा टिपरबाट ढुङ्गा नझरेर अड्किएको तामाकोशी गाउँपालिका-७ का खड्ग सुनुवारले बताए ।
सुनुवार भन्छन्-'गत भदौमा ८ सय ५० मा खरिद गरेको एक बोरा सिमेण्ट अहिले १ हजार ३ सयमा पनि पाउन मुस्किल भएको छ ।' त्यस्तै गिटी भनेर खोलाको लोहोरा किन्नु पर्ने, कामदार ज्यालासमेत गत एक वर्षको अवधिमा दोब्बर भएको शैलुङ गाउँपालिका-६ का नारायण बुढाथोकीको गुनासो छ । सरकारले निजी आवास निर्माण गर्न सूचना जारी गर्छ तर गुणस्तरीय सामान उपलब्ध गराउने, मुल्य निर्धारण गर्ने काम नहुँदा भूकम्पपीडित थप पीडामा परेको बुढाथोकीले बताए ।
उनले भने-'तीन वर्षदेखि जस्ता र पालको छाप्रामा बस्नु रहर नभएर बाध्यता हो, ढुवानी दररेट, गुणस्तरीय निर्माण सामग्री र मुल्य निर्धारणको व्यवस्था सरकारले अविलम्ब गर्नुपर्ने उनको माग छ ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…