६ वर्षीय बालकको अपहरण, अवस्था अज्ञात
मायादेवी गाउपालिका-४, पिपराका वडाअध्यक्ष फत्ते मोहम्मदका ६ वर्षीय छोरा मोहम्मद ऐहमानको फागुन ४ गते अपहरण भएकामा हाल सम्म अवस्था अज्ञात रहेको छ ।
घर नजिकैको सुमाया गर्ल्स स्कुल गुल्डीहवामा नर्सरीमा पढ्ने बालकलाई स्कुल जाँदै गर्दा मोटर साइकलमा आएका दुई जना नचिनेका व्यक्तिले बालकलाई चकलेट अपहरण गरेको वडाअध्यक्ष मोहम्मदले बताएका छन ।
आफू वडाध्यक्ष भएपछि अज्ञात व्यक्तिले वडाका विभिन्न योजनाका लागि छुट्याइएको १ करोड ७४ लाख रकम आफूलाई दिन धम्की दिएको उनले बताए ।
अपहरण भएको मौखिक जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिएपछि अपहरणबारे प्रहरीले खोजी कार्य सुरू गरी अनुसन्धान गरिरहेको जनाएको छ । अपहरित बालकका परिवारले आफ्नो बच्चालाई यथाशीघ्र अपहरणमुक्त गरिदिन मानव अधिकारकर्मी, पत्रकार तथा नागरिक समाजलाई आग्रह गरेको छ ।
वडाध्यक्षको छोराको अपहरण भएपछि मायादेवी गाउँपालिकामा बसेको आकस्मिक बैठकले अपहरित बालकको मुक्ति, दोषीलाई कारवाही गर्न सम्बन्धित निकायलाई दबाव दिने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष बजरङ्गी प्रसाद कुर्मीले बालक अपहरण भएको ४८ घण्टा भित्रै अपहरणकारीले शकुसल बालकलाई मुक्त नगरे/नगराए प्रशासन कार्यालय घेराउ गर्ने तथा जिल्लाका सम्पुर्ण जनप्रतिनिधिहरू आन्दोलित हुँदै जिल्ला बन्द गर्ने निर्णय भएको बताएका छन् ।
नन्दराम पौडेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…