६ वर्षीया बालिकलाई पानी तान्ने मोटर बिगारेको आरोपमा अमानवीय व्यवहार, आरोपित गिरफ्तार

कोहलपुर नपा-४ की ६ वर्षीया सरिता बुढालाई पानी तान्ने मोटर बिगारेको आरोपमा चैत १२ गते सोही ठाँउकी ५० वर्षीया गीता परियारले गोबर कोचाएको पीडित पक्षले आरोप लगाएको छ ।

घटनाका आरोपित गीतालाई प्रहरीले चैत १३ गिरफ्तार गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले आरोपितलाई गिरफ्तार गरी सार्वजनिक अपराधको मुद्दा चलाइएको बताए ।

घरको आगनमा साथीसँग खेलिरहेकी सरितालाई पानी तान्ने मोटर बिगारेको आरोपमा परियारले गोबर कोचाएको र गाँउघरमा मिलापत्र गर्ने प्रयास समेत भएको बताउँदै प्रहरीले मुद्दा दर्ता गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।


विनोद पाण्डे