६ महिनादेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा कैदीबन्दीको उपचारमा समस्या
गोरखा कारागारमा गत वैशाखदेखि अहेबको दरबन्दी रिक्त हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ ।
स्वास्थ्यकर्मी नहुँदा दीर्घरोगी र आकस्मिक उपचारमा समेत समस्या झेल्नुपरेको कैदीबन्दीको गुनासो छ ।
३५ जना क्षमता रहेको गोरखा कारागाराको पुरुष कक्षमा ९२ जना कैदीबन्दी छन् । महिला कक्षमा आठ जना कैदिबन्दी छन् ।
‘म मधुमेहको रोगी छु । बाहिर हुँदा हरेक महिना परीक्षण गर्थेँ ।’–शिवकुमार शाहले भन्नु भयो–‘अहिले परीक्षण गर्छु भन्दा स्वास्थ्यकर्मी छैनन् । कारगारभित्र प्राथमिक उपचार सेवाबाट समेत वञ्चित हुनुपरेको छ ।’
कारागार भित्र पाँच जना मुटुरोगी रहेको कारागारका जेलर गणेश भट्टराईले बताउनु भयो । दुई जना ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई नियमित स्वास्थ्य चेकजाँच हुन नसकेको उहाँले बताउनु भयो ।
कारागारमा कार्यरत अहेब वैशाखमा सरुवा भएपछि दरबन्दी पदपुर्ति नहुँदा समस्या थपिएको जेलर भट्टराईले बताउनु भयो ।
प्रदेश सरकारसँग स्वास्यकर्मी पदपुर्तिका लागि माग गरेको भएपनि सो हुन नसकेको उहाँको भनाइ छ ।
आकस्मिक रुपमा बिरामी परेका कैदिबन्दीलाई गोरखा अस्पतालमा लगेर उपचार गर्ने गरेको जेलर भट्टराईले बताउनुभयो ।
कात्तिक २४ गते कारागार निरीक्षणमा पुग्नु भएका गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोशन बास्तोलासमक्ष पनि कैदीबन्दीले स्वास्थ्यकर्मी उपलब्ध गराउन माग राखे ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…