६ महिनादेखि खुल्लाचौरमा पढाइ गर्न बाध्य कुमाखका बालबालिका
कुमाख गाउँपालिका-७ स्यानीजिमालीमा रहेको जनता आधारभुत विद्यालयमा विगत ६ महिनादेखि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य भएका छन् ।
गत साउनमा विद्यालयको चारकोठे भवन भत्किएपछि ६ महिनादेखि विद्यार्थीहरू खुल्ला चौरमा बसेर पढ्न बाध्य भएको विद्यार्थी विजय थापाले बताए ।
आफ्ना विद्यालयका विद्यार्थीलाई भवन भत्किएपछि विगत ६ महिनादेखि खुल्ला चौरमा बसेर पढाउनु परेको विद्यालयले जनाएको छ । 'भत्किएको भवन मर्मतका लागि जिल्ला शिक्षा कार्यालय हुँदै विभिन्न सरोकारवालासँग अनुरोध गर्यौँ ।' विद्यालयका प्रधानाध्यापक जनकराज डिसिले भने-'तर कहिँ कतैबाट पनि सहयोग प्राप्त भएन ।'
भवन नहुँदा विद्यार्थीहरूले निकै सास्ती झेल्नुपरेको प्रअ डिसिले बताए । 'पानी परेको बेलामा २/३ ओटा कक्षा एकै ठाउँमा राखेर पढाउछौँ ।'- प्रधानाध्यापक डिसिले थपे-'कि त विद्यालय नै बन्द गर्नुपर्यो ।'
हाल विद्यालयमा बाल विकासदेखि कक्षा ६ सम्म ९९ जना विद्यार्थी अध्यनरत छन् । माथिल्लो कक्षा पर्ढाई हुने अर्को विद्यालय टाढा भएकाले विद्यालयले आगामी शैक्षिक वर्षदेखि कक्षा ७ समेत सञ्चालन गर्ने योजनामा विद्यालय रहेको छ । बाल विकासदेखि कक्षा ६ सम्म सञ्चालन भएको विद्यालयमा चारओटा कक्षाकोठाको अभाव रहेको छ ।
कहिँकतैबाट भवन मर्मतका लागि सहयोग आएमा आफूहरूले आवश्यकता अनुसार श्रमदान गर्न तयार रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य अकवर बोहराले बताए । बोहराले भने-'कसैले विद्यालयको मर्मतका लागि सहयोग गरेको खण्डमा हामीले गर्न सक्ने सबै काम श्रमदानबाटै गर्न सक्छौँ ।'
विद्यालयले हाल सिकाइ उपलव्धि सुधारका लागि कक्षा १ र २ मा इजिआर विधिबाट पठनपाठन गरिरहेको छ भने बाल विकास केन्द्रमा ६ सिकाइ कुना बनाएर प्रारम्भिक साक्षरता र गणितीय सिपको ज्ञान सिकाइ रहेको छ ।
भवन नहुँदा पर्याप्त मात्रामा शैक्षिक सामग्री प्रयोग गरेर सिकाउन नसकिएको प्रअ डिसिले बताए । 'बाहिर पढाउँदा विद्यार्थीको ध्यान विकेन्द्रित हुने भएकोले समस्या परेको छ ।'-प्रअ डिसिले भने ।
मिना बुढाथोकी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…