६८ मतदानस्थल अति सम्वेनदशील

  ०७४ कात्तिक ६ गते

गोरखाका ६८ ओटा मतदानस्थल सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । २ सय १३ मतदानस्थल मध्ये ६८ ओटा अति सम्वेदनशील १ सय ३३ ओटा सम्वेदनशील र १२ ओटा सामान्य रहेको सुरक्षा प्रमुखहरूको विश्लेषण छ ।

'हामीले विभिन्न आधारलाई ख्याल गरेर मतदानस्थलको सुरक्षा विश्लेषण गरेका छौँ ।'-प्रजिअ बस्नेतले भने । दलहरूबिचको अस्वस्थ प्रतिस्पर्धा, विकट भूगोल, अवैध हातहतियारको नियन्त्रणलाई सुरक्षा चुनौतिको रूपमा लिएको उनले बताए । संविधान विरोधी र निर्वाचन विथोल्ने गतिविधिप्रति पनि आफूहरूको ध्यान केन्द्रित भएको उनको भनाइ छ ।

दोस्रो चरणमा चुनाव हुने तनहुँ र चितवनबाट पनि दलहरूले कार्यकर्ता ओसारपसार गर्न सक्ने उनले सुनाए । 'हामीले मतदातालाई मनोवैज्ञानिक त्रास नहोस् भनेर मतदान पूर्वको अवस्था, मतदान हुने दिन र मतदान पछिको सुरक्षा योजना बनाएका छौँ ।'-उनले भने ।


हरिराम उप्रेती