४९ जना बालबालिकामा कुपोषण
जिल्लाकाे सिंजा गाउँपालिकामा ४९ जना बालबालिकामा कुपोषण देखिएको छ । ७ सय २० बालबालिकाको पोषण लेखाजोखा (परीक्षण) गर्दा ४९ जना बालबालिकामा कुपोषण देखिएको हो । ७ जनालाई अति सिघ्र कुपोषण र ४२ जनालाई मध्यम सिघ्र कुपोषण देखिएको हो ।
पोषणमैत्री स्थानीय शासन प्रवर्धन गर्नुका साथै पोषण अवस्था सुधार गर्न पाँच दिनसम्मको समयवधिमा हरेक गाउँबस्ती टोलका घरघरमा पुगेर बालबालिकाको पोषण लेखाजोखा गरिएको हो ।
सबै बालबालिका स्वास्थ्य संस्था टाढा भएर पुग्न नसक्ने, कुनै पनि बालबालिका नछुटुन भन्ने उदेश्यले टोल स्तरमा पोषण लेखाजोखा अभियान सञ्चालन गरिएको हो ।
पहिचान पश्चात अति सिघ्र कुपोषित बच्चालाई उच्च स्वास्थ्य केन्द्रमा रिफर गरिएको र मध्यम सिघ्र कुपोषितलाइ परामर्श गर्ने गरिएको छ । यस कार्यक्रमलाई अझै प्रभावकारी तरिकाले अगाडि बढाउन तथा बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि पोषणमैत्री स्थानीय शासनलाई सिंजा गाउँपालिकामा मुख्य सहयोगीको रुपमा भूमिका निर्वाह गर्दै आइरहेको छ ।
नेपाल सरकारको विभिन्न पोषण योजना लागु भइरहेको अवस्थामा पनि बालबालिकाको पोषण अवस्था सुधार हुन सकेको छैन । बच्चाको जन्मिदा कम तौल, विपन्न परिवार, सन्तुलित आहारको अभाव, स्थानीय खानाको बेवस्ता, किशोर अवस्थामा गर्भवती जस्ता कारण देखाएका छन् । यी कारणलाई सम्बोधन गर्न स्थानीय सरकार, सरोकारवाला संघसंथा, अभिवावक, आमा समूह र बालबालिका सक्रिय रहेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताउनु भयो । .
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…