अान्दाेलनका क्रममा ४७ राउण्ड रबरका गोली प्रहार, ६ जना घाइते
खानीगाउँ गाविस ढिकुरेमा स्थानीय निकाय पुनर्संरचनाको सीमाङ्कनको विरोधमा आन्दोलनरत स्थानीय र प्रहरीबिच माघ १२ गते झडप हुँदा ६ जना आन्दोलनकारी घाइते भएका छन् ।
सीमाङ्कनको विरोधमा स्थानीयले बन्द गरेको ढिकुरेमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. रामशरण महत बन्द गर्न नहुने भन्दै जागरण सभा गर्न गएका थिए । उक्त कार्यक्रम आन्दोलनकारीले विथोल्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरी ४७ राउण्ड रबरको गोली र २३ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम कँडेलले बताए ।
उक्त घटनामा रबरको गोलीबाट सुर्यमति-२ का २२ वर्षीय सुजन न्यौपाने, सोही वडाका ५५ वर्षीय लक्ष्मण गुणी, सुर्यमति-१ का २७ वर्षीय कान्छा भण्डारी घाइते भएको आन्दोलनको नेतृत्व गर्नेहरूमध्ये एक थानसिङ गाविसका नेपाली काङ्ग्रेसका सभापति विनोद पाठकले जानकारी दिए । यस्तै लाठीचार्जमा परी थानसिङ-७ का ३५ वर्षीय नवराज रोक्का, सुर्यमति-१ का ४० वर्षीय कृष्ण गजुरेल र सुर्यमति-२ का २६ वर्षीय विकास मगर घाइते भएका छन् । घाइतेहरूको खानीगाउँ मेडिकलमा उपचार गरिएको छ ।
कार्यक्रममा डा. महतले प्रहरीको घेरामा कोणसभा गरी बन्द गरेर स्थानीयलाई दुख दिन नहुने भन्दै पुनर्संरचना आयोगले सरकारलाई बुझाए अनुसार नै सीमाङ्कन हुनु पर्ने बताए । उनले संयम भएर विकास निर्माणका कार्यमा सहभागी हुन आग्रह गर्दै स्थानीय निकाय पुनर्संरचना गर्दा स्थानीयबासीकै भावना अनुसार आयोगलाई आफूले सुझाव दिएको बताए ।
१ सय जना भन्दा बढी सुरक्षाकर्मीको साथ पुगेका डा. महतविरुद्ध चर्को नारावाजी भएको थियो । स्थानीय निकाय पुनर्संरचनाको लागि जिल्ला प्राविधिक समितिले सिफारिस गरेको लिखु गाउँपालिका बदर गरिएपछि माघ २ गतेबाट नुवाकोटको खानीगाउँ, थानसिङ, सुर्यमति र चौघडा गाविस बन्द गरी स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । माघ ७ गते यी चार गाविसका आन्दोलनकारीले विदुरमा जिल्ला विकास समितिको कार्यालयमा तोडफोडसमेत गरेका थिए ।
जिल्लाको पूर्वी भेगलाई जोड्ने यही गाविस हुँदै सडक गएकोले ११ दिनदेखि बन्द हुँदा २० ओटा गाविसका बासिन्दा प्रभावित भएका छन् ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…