४५ प्रतिशत बालविवाह हुने गरेको तथ्याङ्कले सरोकारवाला चिन्तित
प्युठान जिल्लामा ४५ प्रतिशत बालविवाह हुने गरेको तथ्याङ्कले गर्दा यहाँका सरोकारवालाले चिन्तित भएको जनाएका छन् ।
महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरीक्षक माया श्रेष्ठले जिल्लामा बाल विवाहको अवस्था भयावह रहेको र सो अवस्थालाई अन्त्य गर्नको लागि सन् २०२२ सम्मका लागि महिला तथा बालबालिका कार्यालयले पाँच वर्षीय रणनीतिक योजना तयार गरेको बताइन् ।
बालविवाह न्यूनीकरणका लागि सबै सरोकारवाला निकायले आआफ्नो क्षेत्रबाट सहयोग गरी अभियानलाई सफल पर्नका लागि उनले अनुरोध गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रञ्जितसिह राठौरले जिल्लामा बालविवाह धेरै हुने भएता पनि प्रहरी कार्यालयमा निवेदन दर्ता नहुने र सामान्य छलफलबाट अभिभावकले नै 'कुरा मिलाउने' गरेकाले बालविवाह न्यूनीकरण नभएको बताए ।
महिला तथा बालबालिका कार्यालयले जिल्लामा मङ्सिर १ गतेदेखी ३० गतेसम्म एक महिने बालविवाह विरुद्धको अभियान सञ्चालन गरिरहेको छ ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…