४२ वर्ष पुरानो जीर्ण भवनमा विद्यार्थीहरू बस्न बाध्य
जिल्लाको सदरमुकाम सिमकोटमा ४२ वर्ष पुरानो जीर्ण अवस्थामा रहेको महिला फिडर छात्रावासमा विद्यार्थीहरूले आवास लिन बाध्य भएका छन् । लामो समयदेखि छात्राले एक मात्र महिला फिडर छात्रावास जीर्ण हुँदा विद्यार्थीहरू जोखिम मोलेर बस्न बाध्य भएका हुन् ।
२०३९ सालमा निर्माण भएर स्थापना भएको महिला फिडर छात्रावास ४२ वर्ष पुग्दासम्म पुरानै भवनमा आवास लिनु परेको छात्रा सुनमाया बुढाले गुनासो गर्नुभयो । छात्रावास निर्माण भएको धेरै वर्ष भइसक्यो, छात्रावसको भवन जीर्ण हुँदै गएको छ । पुनः निर्माणका लागि कसैले ध्यान नदिँदा आफूहरू जोखिम मोलेर बस्नुपर्ने बाध्यता रहेको छात्रा बुढाको भनाइ छ । छात्रावासमा बस्दै आउनुभएकी छात्रा लक्ष्मी कार्कीले भन्नुभयो, 'हामी सुत्ने कोठामा वर्षायाममा पानी नचुहिने ठाउँ नै छैन । पानीले भिजेर डस्ना समेत बिग्रने गरेको छ ।'
छात्राहरूको आवासका लागि छत्रावास निर्माण भए पनि जीर्ण हुँदा अहिलेसम्म कोही कसैको ध्यान नगएको छात्रा कार्कीको गुनासो छ । तल्लो बजारमा रहेको छात्रावासमा घेरबार पनि राम्रो नभएको छात्रावासमा आवास लिँदै आएका छात्राको गुनासो छ । भवन मात्रै नभएर अन्य व्यवस्था समेत राम्रो नहुँदा समस्या हुनुका साथै जटिल समस्या आइपर्ने होकी भन्ने चिन्ताले समेत सताउने गरेको छात्रा कार्कीको गुनासो छ ।
भवन जीर्ण हुँदै गएकाले जति बेला जे पनि हुन सक्ने र उक्त भवनमा बाध्यताले बस्नुपर्ने भएको छात्रावासका वार्डेन कमला लामाले बताउनु भयो । आफू एउटा महिला भएकाले कसैले सुनुवाइ नगरेको वार्डेन लामाको गुनासो छ । छात्रावास भवनको छाना चुहिने छन् । सुत्ने बेड भाँचिएका छन् । राम्रोसँग विद्युत उपलब्ध हुँदैन् । खानेपानी र शौचालयको समेत समस्या पनि उस्तै रहेको लामाले गुनासो गर्नुभयो ।
सिमकोट गाउँपालिका शिक्षा शाखाका नायव सुब्बा कृष्ण आचार्यका अनुसार भौतिक संरचनाको विषयमा जानकारी नभएको तर सरकारले तोकेको मापदण्ड अनुसार आएको बजेट अनुसार छात्रावासमा आवास लिँदै आएका छात्रालाई छात्रवृति दिँदै आएको बताउनु भयो । नेपाल सरकारले तोके अनुसार सरकारको मापदण्ड बमोजिम प्रति छात्रा व्यवस्थापन खर्च प्रत्येक वर्ष २ लाख ५० हजार रुपियाँ, प्रत्येक विद्यार्थीलाई छात्रवृति मासिक ४ हजार रुपियाँका दरले दिने गरेको शिक्षा शाखाका नायव सुब्बा आचार्यले बताउनु भयो ।
महिला छात्रावासको जीर्ण भवनका लागि सामान्य बजेटले नहुने भएकाले यसको पुनः निर्माणका लागि बजेटको श्रोतको खोजीमा रहेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनु भयो । महिला छात्रावास भवन नयाँ निर्माणका लागि पहल भइहरहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । सम्भवत चाँडै एक, दुई वर्षभित्र जीर्ण बनेका भवन निर्माण हुने अध्यक्ष भण्डारीले आश्वासन दिनुभयो । महिला फिडर छात्रावास जीर्ण भएको आफूलाई जानकारी भएको तर बजेटको श्रोत नहुँदा निर्माणका लागि अगाडि बड्न नसकेको उहाँको भनाइ छ । जीर्ण भवन नयाँ निर्माणका लागि श्रोत खोजी रहेको उहाँले बताउनु भयो । गाउँपालिकाले छुट्याएको सानो रकमले नपुग्ने भएकाले कहीँकतैबाट श्रोत खोजेर नयाँ निर्माणका लागि गाउँपालिकाको योजना रहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।
४२ वर्ष पुग्दा पनि महिला छात्रावासको भवन पुनः निर्माणमा सम्बन्धित निकायको ध्यान नजाँदा पानी पर्दा भत्किने डरका साथै चुहिने छानोमुनि रात कटाउन छात्राहरू बाध्य छन् । यहाँका भौतिक संरचना जीर्ण छन् । तर गाउँपालिकाले गुणस्तर शिक्षाको निती ल्याएको छ । सदरमुकाममै रहेको महिला छात्रावासको विषयमा भने गाउँपालिकाले चासो दिन नसकेको देखिएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–३ का २३ वर्षीय रमेश चौधरी र २८ वर्षीय सुरेश चौधरीलाई ०८१ भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…