४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा र्‍याली तथा कोण सभा कार्यक्रम

  ०८० असोज ४ गते

pic 1 (2) (4)

“शान्तिको लागि कार्यः Global  Goals को लागि हाम्रो महत्वकाक्षांं” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा सिरहाको लहानमा असोज ४ गते विभिन्न कार्यक्रम सहित समपन्न भएको छ ।

न्यायका लागि नागरिक सञ्जाल लहानको आयोजना र लहान नगरपालिका, इलाका प्रहरी कार्यालय लहान, इन्सेक सिरहा, ओरेक नेपाल, दलित जनकल्याण युवा कल्ब, समग्र जनउत्थान केन्द्र, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा, महिला मानवअधिकार रक्षक सञ्जाल, टिपिओ नेपाल, अपाङ्ग पुनर्स्थापना केन्द्र, जीवन ज्योती समाज, साथ साथ सिकाई सञ्जाल, मेची महाकाली बुहारी संयुक्त आवाज, लहान सिटि जेसिस लगायत संघ संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा र्‍याली तथा कोण सभा गरिएको थियो ।

कोण सभा कार्यक्रममा लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले “हाम्रो समाजमा भएको कुसन्हसकृतिरूले देशमा शान्ति स्थापना हुन नसकेको” बताउनु भयो । साथै माओवादी जनयुद्ध, मधेस आन्दोलन लगायत विभिन्न कालखण्डमा भएको घटनाहरूका पीडितहरूले अहिले सम्म न्याय नपाएको भन्नुहुँदै देशमा शान्ति सम्झौता भए पनि अहिलेसम्म द्वन्द्ध पीडितहरूले राहत र न्याय नपाएको उपप्रमुख  महतोले बताउनु भयाे । तसर्थ उनीहरूको न्यायको लागि र देशमा शान्ति स्थापनार्थ विभिन्न समयमा गरेका सम्झौता र प्रतिवद्धताहरू पुरा गर्न राज्य जिम्मेबार रहेको समेत उहाँले बताउनु भयो ।

कार्याक्रममा अधिकारकर्मी, संचारकर्मी, प्रहरी, शिक्षक बिधार्थीहरु उपस्थित भएका थिए ।

pic 1 (4) (3)


दुर्गा परियार