३५ प्रतिशत नागरिकमा खाद्य असुरक्षाः तनहुँ कृषि कार्यालय
तनहुँका करिव ३५ प्रतिशत नागरिकमा खाद्य असुरक्षा रहेको छ । विश्व खाद्य दिवसको अवसरमा ०७३ कात्तिक ११ गते दमौलीमा आयोजित कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले जनाए अनुसार करिब ६५ प्रतिशत घरधुरीमा ४ महिना भन्दा बढी समयको लागि मात्र खाद्यान्न सञ्चिती रहेको देखिएको छ ।
कार्यालयका अनुसार तनहुँका ८० प्रतिशत घरधुरी खाद्य उपभोगको न्यूनतम आवश्यकता पुरा गर्न सक्षम रहेका छन् । तनहुँका नागरिकले धान, मकै, गहुँ, कोदो, माछा, सुन्तला, अदुवा र मासुजन्य वस्तु खाद्यान्नको रूपमा उपभोग गर्ने गरेका छन् ।
गत आर्थिक वर्षमा भएको नाकाबन्दीले समयमै रासयानिक मल नपाएका कारण कृषि बाली उत्पादनमा कमी आएको कार्यालयका प्रमुख चेतनाथ अधिकारीले बताए । तनहुँ धान, मकै र सुन्तलामा आत्मनिर्भर रहेको पनि कार्यालयले जनाएको छ ।
यसैबिच विश्व खाद्य दिवस कात्तिक ११ गते दमौलीमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 'भइरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकूलन' भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।
विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टुबर १६ मा मनाइने गरेको भएपनि यस वर्ष उक्त दिन असोज ३० गते दसैँ पर्व परेका कारण यो दिवस अहिले मनाइएको कृषि विकास कार्यालयले जनाएको छ ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
इन्सेकलगायतको सरोकारवाला निकायको सक्रियतामा एक जोडीको बालविवाह रोकियो
जुम्लामा एक जोडीको बालविवाह रोकिएको छ । तिला गाउँपालिका – ३ मा हुन थालेको बालविवाह चैत १० गते रोकिएको हो । तिला गाउँपालिका –५ की १६ वर्षीया बालिका र सोही…
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…