२ सय ५१ मिलियन बालबालिका र युवा अझै विद्यालय बाहिरः युनेस्को

  ०८१ कात्तिक २० गते

प्रगतिको बावजुद २ सय ५१ मिलियन बालबालिका र युवा विद्यालय बाहिर रहेको युनेस्कोले जनाएको छ । युनेस्कोको ग्लोबल एजुकेशन मोनिटरिङ रिपोर्ट २०२४ अनुसार विद्यालय बाहिरको विश्वव्यापी जनसङ्ख्या झण्डै १० वर्षमा १ प्रतिशतले मात्र घटेको छ । विशेष गरी निम्न र निम्न मध्यम आय भएका देशहरुमा शिक्षामा दीर्घकालीन कम लगानी मुख्य कारण रहेको प्रतिवेदनमा जनाइएको छ ।

'शिक्षा समृद्ध, समावेशी र शान्तिपूर्ण समाजको प्रमुख संवाहक हो र विश्वभरका हरेक बालबालिकालाई सिक्ने र समान अवसर दिन हामीले गम्भीर कदम चालेनौँ भने गुणस्तरीय शिक्षा केही व्यक्तिको विशेषाधिकार हुने खतरा हुन्छ ।

युनेस्को ग्लोबल एजुकेशन मिटिङमा हामी उच्च र न्यून आय भएका देशहरुबिच नवीकरण गरिएको ऐक्यबद्धता संयन्त्रहरुमर्फत् पाठ्यक्रम परिवर्तन गर्न र शिक्षामा लगानी बढाउन साहसी नेतृत्वको लागि आह्वान गर्दछौँ ।'-शिक्षा समृद्ध, समावेशी र शान्तिपूर्ण समाजको प्रमुख संवाहक युनेस्कोका महानिर्देशक ओड्री अजुलैद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

युनेस्कोको ग्लोबल एजुकेशन मोनिटरिङ रिपोर्ट २०२४ अनुसार, सन् २०१५ मा शिक्षामा संयुक्त राष्ट्रसंघ दिगो विकास लक्ष्य अपनाइएपछि ११ करोड बढी बालबालिका र युवाहरु विद्यालय प्रवेश गरेका छन् । पहिलेभन्दा आज धेरै बालबालिका विद्यालयमा रहेको जनाइएको छ ।

ग्लोबल एजुकेशन मोनिटरिङ रिपोर्ट २०२४ पढ्न यहाँ क्लिक गर्नु होला


पार्वती साउद