२ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या
झिमरुक गाउँपालिका-१, सौतामारे गाउँका २ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या भएको छ । सौतामारे गाउँमा लामो समयदेखि खानेपानीको सुविधा नहुँदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ ।
साबिकको बाङ्गेमरोठ गाविसको सौतामारे बस्तीमा सरकारले खानेपानीको व्यवस्था नर्गदा उक्त समस्या भएको हो । धेरै वर्ष पहिला केही घरधुरीमा काप्रा खोलाको पानी पाइपद्वारा लगेकोमा सो खानेपानीको पाइप जीर्ण पुरानो भइ मर्मत नहुँदा पानी आउन छाडेको स्थानीय ५५ वर्षीय हिमलाल रोका क्षत्रीले बताउनु भयो ।
बस्तीभन्दा तल रहेको काप्राखोलामा बगेको पानी घण्टौँ लगाएर गाग्रीमा बोकी प्रयोग गर्दै आएको गाउँमा खानेपानीको व्यवस्था गर्न जनप्रतिनिधिहरू, स्थानीय तथा प्रदेश सरकारलाई बारम्बार निवेदन दिए पनि बस्तीमा खानेपानीको व्यवस्था अहिलेसम्म नभएको स्थानीय ५२ वर्षीया बिना रानाले गुनासो गर्नुभयो । खोलामा बगेको पानी खाने गरेको र वर्षाको समयमा धमिलो हुनाले खान नहुने उहाँले उल्लेख गर्नुभयो । अन्य समयमा गाई बस्तुले फोहोर गर्ने गर्मीको समयमा सुख्खा रहने हुँदा सारै दुख भएको स्थानीय रानाले बताउनु भयो । सिङ्गो बस्तीका करिव ५ सय ६० घर धुरीलाई समेट्ने गरी ०७८ सालमा लुम्बिनी प्रदेशबाट तामाखोली लिफ्ट खानेपानी आयोजना झिमरुक गाउँपालिका-१, सौतामारे आयोजना सुरु भए पनि प्रयाप्त बजेट नआउँदा सो योजना अलपत्र भइ पुरै गाउँमा खानेपानीको समस्या रहेको झिमरुक गाउँपालिका-१ का स्थानीय ४३ वर्षीय रामबहादुर महतराले बताउनु भयो ।
खानेपानीको सुविधा नहुँदा प्रत्यक वर्ष वर्षातको समयमा पानी परी खोलो धमिलो हुने र खोलामा फोहार पानी बग्ने हुँदा आफूहरूले दुषित पानी पिउन बाध्य भएको र बस्तीमा पानीको व्यवस्था नहुँदा सरसफाई गर्न, बस्तु भाउलाई खुवाउन समस्या भएको महतराले बताउनु भयो । दुषित पानी पिउँदा रुघाखोकी, ज्वरो र पखला जस्ता रोगहरूले यस बस्तीका नागरिकहरूलाई सताई रहेको स्थानीय ६० वर्षीय बीजुला जिसीले बताउनु भयो ।
यस बस्तीमा खानेपानीको समस्या धेरै पहिलेदेखि रहेको झिमरुक गाउँपालिका-१ का वडा अध्यक्ष धुब्र खनालले बताउनु भयो । बस्ती ठूलो हुँदा सानासाना पानीका श्रोतले पनि प्रयाप्त नहुने हुँदा सबै घर धुरीलाई समेट्ने गरी तामाखोली लिफ्ट खानेपानी आयोजना झिमरुक गाउँपालिका-१, सौतामारे आयोजना सुरु गरेको र प्रदेश सरकाले प्रयात बजेट निकाशा नगर्दा योजना अलपत्र हुँदा नागरिकहरूको पानी खाने सपना पुरा नभएको वडा अध्यक्ष खनालको भनाइ छ ।
सो योजनाको अधुरो कामको अनुगमन गरी सम्बधित ठाउँमा योजनाको कार्य सम्पन्न गर्नको लागि आवश्यक बजेट विनियोजन सिफारिस गर्न प्यूठान जिल्लाका प्रतिनिधिसभा सांसद सुर्यबहादुर थापा र प्रमुख जिल्ला अधिकारी रमा सुवेदी आचार्यले ०८१ कातिक २६ गते आयोजना स्थल अनुगमन गरेको वडा अध्यक्ष खनालले बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…