२० वर्ष देखि कोठामा थुनिएका मंगलबाबुको उद्धार

  ०८० माघ २२ गते

मानसिक स्वास्थ्यमा समस्या भएपछि २० वर्ष देखि कोठामा थुनिएका गोरखा नगरपालिका–५ नाङ्लेपानीका मंगलबाबु सिर्मलको उद्धार गरिएको छ ।

गोरखा नगरपालिकाको समन्वयमा माघ २१ गते मानव सेवा आश्रमले सिर्मलको उद्धार गरेको हो । उहाँको मानव सेवा आश्रमको कास्की स्थित हेम्जा शाखामा मनोचिकित्सकको प्रत्यक्ष रेखदेखमा राखेर उपचार हुने मानव सेवा आश्रमकी ब्यवस्थापक मुना लामाले जानकारी दिनुभयो ।

बाहिर हिँडडुल गर्न नदिनका लागि मङ्गललाई थुनेर राखिएको थियो । कष्टकर अवस्थामा रहेका सिर्मलको उद्धार गरि उपचारका लागि पोखरा लगिएको हो । २०५८ सालबाट मंगलबाबुमा मानसिक समस्या देखिएको उहाँकी आमा फिस्टी सिर्मलले बताउनुभयो । झारफुक सहित विभिन्न अस्पताल पुर्‍याएर उपचार गराएपनि स्वास्थ्यमा सुधार हुन नसकेको र छोरा मंगलबाबुको उपचारमा लाखौ रकम खर्च भइसकेको उहाँको आमाले बताउनुभयो ।

पाटन अस्पताल, अल्का अस्पताल, भरतपुर अस्पतालमा पटक÷पटक पु¥याउदा पनि स्वाथ्यमा सुधार नदेखिएपछि परिवारका सदस्य पनि चिन्तित थिए ।

उहाँको स्वास्थ्य अवस्थाबारे बुझेपछि गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर लगायतले उद्धारको लागि पहल गर्नुभएको थियो ।

उपप्रमुख थोकर, मानसेवा आश्रमकी अभियन्ता मुना लामा लगायतका टोली मंगलवावुको उद्धारका लागि नाङ्लेपानी पुग्नुभभएको थियो ।


हरिराम उप्रेती