१ सय ९ मतदान केन्द्रमध्य ६८ ओटा अति सम्वेदनशील
यस जिल्लामा आगामी मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तोकिएका ९९ ओटा मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले ६८ ओटा मतदानस्थल अति सम्वेदनशील मानिएको छ ।
९९ मतदानस्थलमध्ये ६८ ओटा अति सम्वेदनशील, २९ ओटा सम्वेदनशील र दुई ओटा मतदानस्थल मात्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
'सुरक्षाका हिसाबले दुई ओटा मतदानस्थलबाहेक अन्य सबै असुरक्षित रहेका छन् ।'-उनले भने-'सुरक्षालाई मध्यनजर गर्दै ३ सय ३५ सशस्त्र प्रहरी, ६ सय ५० जनपथ, ४ सय नेपाली सेना र ९ सय १३ जना म्यादी खटाइएको छ ।'
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान अधिकृत, सहायक अधिकृतसहित १ हजार २ सय ४६ जना कर्मचारी खटाइएको छ ।
स्थानीय तहको निर्वाचनमा मतदानका क्रममा नरहरिनाथ गाउँपालिका-६ सेरापाटा मतदान केन्द्रमा सुरक्षाकर्मीको गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।
सोही गाउँपालिका गोठीमा मङ्सिर १ गते विप्लव नेतृत्वको नेकपाका कायकर्ताले जिल्ला निर्वाचन कार्यालयद्वारा गाउँमा पठाइएको मतदाता शिक्षा सामग्री लुटेका थिए ।
नेकपा कार्यकताहरूले निर्वाचन विरोधी गतिविधिलाई तीव्र पारेपछि सुरक्षा व्यवस्था कडा पारिएको र निर्वाचन विरोधमा लागेको आरोपमा नेकपाका कार्यकर्ता कालीबहादुर महतारालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवासचन्द्र बोहोराले बताए ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
प्रहरी हिरासत जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत निकै जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या भएको छ । द्वन्द्वकालमा ध्वष्त भएको प्रहरीको हिरासत मर्मत गरी प्रयोगमा ल्याएपनि जीर्ण अवस्थामा रहँदा थुनुवाहरूलाई बसोबासमा समस्या भएको…
जिल्ला सदरमुकाममा खानेपानीको अभाव
जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिका–१, मान्म बजारमा तीन हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । जीर्ण अवस्थामा रहेका खानेपानीका पाइपहरू फुटेर पुरै पानी जङ्गलमा जाने भए पनि नगरपालिका र उपभोक्त…
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…