१ सय १० जना क्षमता रहेको बाल सुधार गृहमा २ सय ४६ जना, जसमध्ये १ सय १५ जना वयष्क !
मध्यपुर थिमी नगरपालिका–२ मा रहेको बाल सुधार गृहमा ९६ जना पुरुष र १९ जना महिला गरी १ सय १९ जना १८ वर्षमाथिका वयष्क राखिएको पाइएको छ ।
समयमा नै मुद्दा फर्स्यौट नहुने, उमेरमा देखिएका विवाद, उमेर पुगेकै मितिबाट कारागारमा चलान गर्ने स्पष्ट कानुनी व्यवस्था नहुनुलगायतका कारणबाट बाल सुधार गृहमा बालबालिका मात्रै नरहेको पाइएको हो ।
सुविधा विहिन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप)को व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका सामाजिक कार्यकर्ता प्रवीण शिल्पकारले बाल सुधार गृहमा हाल २ सय ८ जना पुरुष र ३८ जना महिला रहेका बताउनु भयो ।
उहाँका अनुसार १ सय जना बालकको क्षमता रहेको बाल सुधार गृहमा १८ वर्षमुनिका बालक १ सय १४ जना र १८ वर्ष माथिका पुरुष ९६ जना छन् । त्यसैगरी १० जना बालिकाको क्षमता रहेको यो सुधार गृहमा १८ वर्षमुनिका १९ जना बालिका र १८ वर्षमाथिका १९ जना महिला रहेका छन् ।
पढ्ने उमेरका र पढ्न चाहने बालबालिकाका लागि कक्षा ५ देखि १० सम्म सुधार गृहभित्र नै पठनपाठनको व्यवस्था रहेको सामाजिक कार्यकर्ता शिल्पकारले बताउनु भयो ।
मध्यपुर थिमी नगरपालिका–२ मा कारागार व्यवस्थापन विभाग मातहत रहेको न्युनतम सुविधा विहिन बालबालिकाका लागी शैक्षिक कार्यक्रम (युसेप) नेपालले सानोथिमीमा ०५८ सालदेखि बाल सुधार गृह सञ्चालन गर्दै आएको छ ।
युसेपका बाल अधिकार संयोजक सङ्गम चालिसेले बाल अधिकारको बृहत्तर हितमा काम गर्दै आएको बताउँदै सुधार गृहमा देखिएका समस्या समाधानमा लागि परेको बताउनु भयो ।
बाल सुधार गृहको कम्पाउण्ड पर्खाल निकै कमजोर रहेका कारणा बालबािलका जोखिममा रहेका हुँदा सोको व्यवस्थापन चुनौतिपूर्ण रहेको उहाँको भनाइ छ ।
यहाँको बाल सुधार गृहमा ०८० भदौ ३ गते एक जनाको मृत्यु भएको र बालबालिका सुधार गृहबाट बाहिरिएको घटना सार्वजनिक भएको थियो ।
इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित स्थलगत अध्ययन टोलीले ०८० भदौ १५ गते जारी गरेको प्रतिवेदनमा बाल सुधार गृहको सञ्चालन गर्ने संस्था युसेपको लापरवाही र प्रशासनको उदासिनताका कारण भएको जनाइएको छ ।
जमुना भट्टराई
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…