१९ जना राष्ट्रिय सभा सदस्य पदको निर्वाचन सम्पन्न

  ०७८ माघ १२ गते

राष्ट्रिय सभा सदस्य पदका लागि माघ १२ गते भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख  मतदाता रहने व्यवस्था रहेको छ ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको छ ।

निर्वाचित भएका राष्ट्रिय सभाका सदस्यहरू

प्रदेश १

१) गोपालकुमार बस्नेत

२) सोनाम गेल्जेन शेर्पा

३) जयन्ती देवी राई

मधेस प्रदेश

४) उर्मिला अर्याल

५) मोहम्मद खालिद

बागमती

६) गोमादेवी तिमल्सिना

७) कृष्णप्रसाद पौडेल

गण्डकी

८) कमला पन्त

९) भुवनबहादुर सुनार

१०) सुरेश आले मगर

लुम्बिनी

११) राजेन्द्रलक्ष्मी गैरे

१२) तुलप्रसाद विश्वकर्मा

१३) युवराज शर्मा

कर्णाली

१४) दुर्गा गुरुङ

१५) नरबहादुर विष्ट

१६) उदयबहादुर बोहरा

सुदूरपश्चिम

१७) मदनकुमारी शाह

१८) जगदबहादुर पार्की

१९) नारायणदत्त मिश्र


अनलाइन डेस्क​