१७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको अवसरमा र्याली तथा कोण सभा कार्यक्रम
“सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन” भन्ने मूलनाराका साथ १७ औं राष्ट्रिय मानव बेचबिखन विरुद्धको अवसरमा सिरहामा भदौ २० गते विभिन्न कार्यक्रम सहित समपन्न भएको छ ।
सिरहा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, इन्सेक सिरहा, ओरेक नेपाल, जिल्ला प्रहरी कार्यालय सिरहा, दलित जनकल्याण युवा कल्ब, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा, महिला मानवअधिकार रक्षक संजाल, सहयोगी हातहरू, साना हातहरू, अपाङ्ग पुनर्स्थापना केन्द्र, जीवन ज्योती समाज, साथसाथ सिकाई संजाल, मेची महाकाली बुहारी संयुक्त आवाज, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका संघ संस्थाहरूको आयोजनामा आयोजित कार्यक्रम र्याली तथा कोण सभा गरी सम्पन्न गरिएको थियो ।
कोण सभामा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले मानवअधिकार संरक्षण र संवर्द्धन गर्ने हामि सबैको दायित्व र कर्तव्य रहेको बतानु भयो । मानवलाई बेच्ने जस्ता जघन्य किसिमका अपराध पहिले देखिनै हुँदै आइरहेको र हामिले यस्का विरुद्ध विभिन्न कार्यक्रम तथा दिवसहरू मनाउँदै आएता पनि अपेक्षा अनुसारको कमि हुन सकेको छैन उहाँले बताउनु भयो । हामिले गर्न खोजेका सचेतनामूलक कार्यक्रमहरु लक्षित वर्ग सम्म पुग्न नसकेको समेत उहाँले बताउनु भयो । तसर्थ यस्ता घटनाहरूलाई रोक्न आज हामिले यो सचेतनामूलक कार्यक्रम बोर्डरमै गरेका छौं र यस्तो अपराधमा जो कोही पनि संलग्न भए कारबाहीको दायरामा ल्याउनु पर्नेसमेत उहाँले बताउनु भयो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी टेकुनन्द इबा लिम्बुका अनुसार मानव बेचबिखन परापूर्व कालदेखि नै भइ रहेको बताउनु भयो । साथै देश भित्रै र देश बाहिर इच्छा विपरित, करकाप, प्रलोभन तथा जबरजस्ती मानव बेचबिखन जस्ता जघन्य अपराध हुँदै आइरहेको छ र यसको रोकथामको लागि सबै जागरुक र सचेत हुन आवश्यक रहेको उहाँको भनाइ रहेको थियो । समयमै सूचना दिई अपराधीलाई कारबाहीको दायरामा ल्याउन सहयोगको लागि आग्रह समेत उहाँले गर्नुभयो ।
महिला मानव अधिकार रक्षक संजालकी राष्ट्रिय अध्यक्ष श्यामकुमारी साहले अहिलेको अवस्थमा मानव बेचबिखनको स्वरुप बदलिएको बताउनु भयो । पहिलाको अवस्थमा बालबालिका, महिला तथा पुरुष बेचबिखन श्रम तथ बालश्रम र यौन शोषणका लागि हुने गर्दथ्यो भने अहिले मानव बेचबिखन मानव अङ्गको लागि भइरहेको उहाँले बताउनु भयो ।
कार्याक्रममा अधिकारकर्मी, संचारकर्मी, प्रहरी, शिक्षक बिधार्थीहरु उपस्थित भएका थिए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…