१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै गएका छन् ।
भूमिकास्थान नगरपालिका-७, नुवाकोट चिदिचौरमा पालिकास्तरीय १५ शैयाको अस्पतालको भवन निर्माण कार्य २०७९ असारमा सम्पन्न भएको थियो । अस्पताल बन्ने कुरा सुन्दा, निर्माण कार्य शुरु हुँदा र भवन बनेर सम्पन्न हुँदा स्थानीयहरु निकै खुसी भएका थिए । अहिले स्थानीयबासीहरू निरास भएर अबको तीन वर्षपछि यो संरचना के कस्तो हुने हो भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् । आफूहरू टाउको दुःखेको सिटामोल र पखाला लागेको जीवनजल लिन दुई घण्टा हिँडेर स्वास्थ्य चौकी जानुपर्ने स्थानीय पार्बता विकले बताउनु भयो ।
'गाउँमै अस्पताल बन्यो । हामी निकै खुसी भयौँ । डाक्टर आउलान् औषधी उपचार पाइएला भनेको त अस्पतालमा झारपात र झाडीले ढाक्दै गयो । के कारणले सञ्चालन हुन सकेन हामीलाई थाहा भएन । सामान्य रुघा, खोकी जचाउन सन्धिखर्क जिल्ला अस्पतालमा ४ सय रुपियाँ भाडा तिरेर जानुपर्छ । हामी जस्ता गरिब महिलाले औषधी उपचार नपाएर मर्नु शिवाय केही रहेनछ' - स्थानीय ६८ वर्षीय सुमित्रा विकले बताउनु भयो ।
भूमिकास्थान नगरपालिका-७ का वडाध्यक्ष रामचन्द्र ढुङ्गनाले आफ्नै वडामा अस्पतालका लागि यस्तो राम्रो र व्यवस्थित भवन बनेपनि आर्थिक स्रोत अभावका कारण सञ्चालनमा ल्याउन नसकेको बताउनु भयो । पालिका अस्पताल सञ्चालनमा नआउनुको मुख्य कारण आर्थिक स्रोत र डाक्टरको अभाव हो । तीनै तहका सरकारको पहलमा छिटै सञ्चालनमा आउला भन्ने विश्वास भएपनि हालसम्म सञ्चालनमा नआएको भूमिकास्थान नगरपालिका स्वास्थ्य शाखा प्रमुख शुरेस गैरेले बताउनु भयो ।
अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगनाथ तिवारीले जिल्ला अस्पतालको अवस्था पीडादायिक भएको बताउनु भयो । अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ डाक्टर छैनन् । स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालको भवन पुरानो भएको हुँदा समस्या बुझ्ने कोही पनि नभएको उहाँको भनाइ छ । भूमिकास्थान नगरपालिका-७, चिदिचौरको पालिका अस्पतालको भवन ०७९ सालको असोज महिनामा स्थानीय सरकारमा हस्तान्तरण भए पनि अहिलेसम्म सञ्चालनमा आउन नसकेको उहाँको भनाइ छ ।
निबर्तमान नगर प्रमुख रेशम थापाका अनुसार भुमिकास्थान नगरपालिकाका १० ओटा वडामा सात ओटा स्वास्थ्य चौकी, तीन ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन ओटा उपस्वास्थ्य सेवा केन्द्र र चार ओटा बर्थिङ्ग सेन्टर छन् । नगरपालिकाका १२ ओटा माध्यमिक विद्यालयमा एक/एक जना स्टाफ नर्स छन् । सरकारको नीति कार्यक्रम अनुसार पालिकामा अस्पतालको भवन निर्माण कार्य बिना समस्या सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो ।
भूमिकास्थान नगरपालिका नगरप्रमुख झबिलाल थापाले सङ्घीय सरकारको १२ करोडको लगानीमा बनेको सुविधा सम्पन्न अस्पताल सहजै स्थानीय सरकारलाई हस्तान्तरण भएको बताउनु भयो । यस्तो अस्पताल चलाउने स्थानीय आर्थिक स्रोत आफूहरूसँग नभएको उहाँले बताउनु भयो । केन्द्र र प्रदेश सरकारले आर्थिक र प्राविधिक सहयोग गरिदिए अस्पताल सञ्चालनमा सहज हुने उहाँको भनाइ छ ।
कुलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…