१३ वर्षीया बालिकाको हत्या, बलात्कार पछि हत्या भएको आशङ्का
लौहकी गाविस-२ की १३ वर्षीया राधाकुमारी यादवको मङ्सिर २१ गते बलात्कारपछि हत्या भएको आशङ्का गरिए पनि हत्याको कारण र आरोपितबारे पत्ता लागेको छैन ।
पीडित बालिका २१ गते सबेरै नरसिंह गाविस-८ स्थित आफ्नै धानबारीमा धान काटन गएकोमा बिहान नौ बजे स्थानीयले उनको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले अनुसन्धान सुरु गरेको इन्स्पेक्टर नवराज न्यौपानेले बताए । बालिकाको शवको पोष्टमार्टम सोही दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको छ ।
पोष्टमार्टम रिर्पोट नआएकाले हत्याको कारण नखुलेको भन्दै इन्स्पेक्टर नवराज न्यौपानेले पोष्टमार्टम रिर्पोट आएपछि हत्याको कारण पत्ता लाग्ने बताए । घटनाबारे क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको इन्स्पेक्टर न्यौपानेले जानकारी दिए ।
हत्याराबारे पनि अनुसन्धान भइरहेको उनको भनाइ छ । बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयले आशङ्का व्यक्त गरेका छन् ।
शेखर ढकाल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…