१२ वर्षीय बालक तीन वर्षदेखि दाम्लोमा
सुस्त मनस्थिति भएका वाँगी गाविस-६ का १२ वर्षीय बावुराम नेपालीलाई उनका परिवारले दाम्लोमा बाँधेर नियन्त्रणमा राखेका छन । ती बालकलाई उपचार गर्नुको साटो अभिभावकले धेरै हिँडडुल गर्ने र परिवालाई दुख दिने गरेकोले डोरीले बाँधेर राखिएको बताएका छन् ।
बालकलाई डोरीले गोडामा बाँधेर राखिएकोले उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । उनलाई गोडामा प्लाष्टिकको डोरीले बाँधिएको छ । बाँधिएको स्थानमा डाम र ससाना घाउसमेत छन् । बालकलाई दाम्लोले बाँधी घरमा राखेकोले विद्यालय जान पाएका छैनन् ।
बारम्बार घरबाट बालक हिँडेपछि भेट्टाउन गाह्रो भयो अरू कुनै उपाय नभएपछि बाँधेर राख्नुपरेको बालककी आमा तुलसा नेपालीले बताइन् । 'सरकारी निकाय वा गैरसरकारी निकायबाट कुनै सहयोग छैन । आर्थिक अवस्था कमजोर भएकोले यसका लागि औषधि उपचार गर्न सकेनौं । कसैले सहयोग गरिदिए भलो हुन्थ्यो ।'-उनले भनिन् ।
बालकको अहिलेसम्म अपाङ्गता परिचयपत्र नभएका कारण राज्यबाट प्रदान हुने सेवासुविधा प्राप्त नभएको तुलसाले बताइन् । राज्यले ग्रामीण स्तरमा आपाङ्ता परिचयपत्र वनाउने प्रक्रिया र मितिको बारेमा प्रभावकारी सूचना सम्प्रेषण गर्न नसकेको स्थानीयबासी सहयोगी विसीले बताए ।
बालकको अपाङ्गता परिचयपत्र बनाउन सहयोग गर्ने महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…