११ महिना बित्दापनि पुनर्वासमा परेनन् पहिरोपीडित
ऐरावती गाउँपालिका–४ तिग्रापालका पहिरो पीडित २५ घर परिवारले अझैसम्म पनि पुनर्वास पाएका छैनन् । ०७९ असोज १९ गते परेको अविरल वर्षातका कारण ऐरावती गाउँपालिका–४ तिग्रापालमा गाउँ माथिबाट जमीन धाँजा फाटी सो ठाउँमा बसोबास गर्ने चुमबहादुर बिक, टुकबहादुर बिक, तेजबहादुर बिक, चेतबहादुर बुढामगर, दुर्गा आलेमगर लगायत २५ घरपरिवारका करिव १ सय १९ जना विस्थापित भएका थिए ।
पहिरोको कारण घरमा बस्न जोखिम भएपछि गाउँ नजिकैको पद्मोदय प्राविमा दुई महिना बसोबास गरी गाउँदेखि माथि जग्गा भएकाहरू आफ्नो जग्गामा गाउँपालिकाले दिएको त्रिपाल तथा अन्य आफन्तहरूको घरमा बस्दै आएको र हालसम्म पुनर्वासको लागि कहिँकतैबाट सहयोग नआएको ४५ वर्षीया विस्थापित सुकमाया बुढामगरले गुनासो गर्नुभयो ।
गाँउपालिका, वडा कार्यालयहरूमा पुनर्वासका लागि निवेदन तथा छलफल भए पनि प्रदेश सरकारबाट पुनः निर्माणको काम हुने गाउँपालिकाले जनाउँदै आएको छ । अर्काको घरमा बसी कष्टकर जीवन बिताउनुपरेको विस्थापित सीता आलेले बताउनु भयो । पहिरोबाट विस्थापित भएको ११ महिना बित्दा समेत राज्यको कुनै पनि निकायबाट पुनर्वास लगायतको सहयोग नपाउनाले दुःखी भएको विस्थापित टुकबहादुर बिकले बताउनु भयो ।
पुनर्वासका लागि गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँग प्रक्रिया अघि बढाएकाले ढिलोचाँडो पहिरो पीडित परिवारलाई पुनर्वासको व्यवस्था हुने ऐरावती गाउँपालिका-४ का वडा अध्यक्ष शङ्करबहादुर भण्डारीले बताउनु भयो । पहिरो पीडितलाई पुनर्वासको बारेमा सङ्घ र प्रदेशमा पटकपटक जानकारी पठाएको र अन्य ठाँउका पीडितलाई रकम आएपनि यो वडामा नआएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मेघराज सोनीले बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…