११ तोपको सलामीसहित गोविन्द गौतमको अन्तिम संस्कार
पुर्नवास-८ आनन्दबजार नजिक भारतीय सिमा सुरक्षा वलले चलाएको गोली लागेर मृत्यु भएका गोविन्द गौतमको फागुन २९ गते दोदा नदीमा ११ तोपको सलामीसहित अन्तिम संस्कार गरिएको छ ।
हिन्दु परम्परा अनुसार गरिएको गौतमको अन्तिम संस्कारमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । सेती अञ्चल अस्पताल धनगढीबाट सुरु भएको शव यात्रा दोदा नदीमा पुगेपछि उनका बावुले हिन्दु परम्परा अनुसार दागवत्ती दिएर अन्तिम संस्कार गरिएको थियो ।
नेपाली भूमि रक्षाका लागि ज्यान गुमाएको भन्दै गौतमलाई नेपाल सरकारले शहीद घोषणा, राहत स्वरुप गौतम परिवारलाई नगद १० लाख रुपियाँ र गौतमका तीन जना छोरीलाई उच्च शिक्षासम्म निशुल्क अध्ययन गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए ।
जिल्ला सुरक्षा समिति कञ्चनपुरले सुरक्षालाई मध्यनजर गर्दै पुर्नवास नगरपालिका-८ आनन्द बजारमा फागुन २८ गतेबाट निषेधाज्ञा जारी गरेको छ । दुई पक्षबिच झडपको स्थिति सिर्जना हुन नदिन नेपाल र भारत दुवैतर्फठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…