१० वर्षीय देबरको हत्या गरेको कसुरमा भाउजूलाई सर्वस्वसहित जन्मकैद
फकिरा गाविस-५ घर भई राजविराज नपा-५ स्थित दाजु विनोद साहको घरमा बसेर अध्ययन गरिरहेका १० वर्षीय प्रमोदकुमार साहको हत्या गरेको कसुरमा २२ वर्षीया भाउजू सञ्जिलादेवी यादव साहलाई जिल्ला अदालतले पुस ५ गते सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको छ ।
न्यायाधीश शङ्करबहादुर राईको इजलाशले आरोपितलाई कसुरदार ठहर गर्दै जन्मकैद सजायको फैसला सुनाएको अदालतका स्रेस्तेदार नरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
पीडित बालकलाई आरोपितले कुटपिट गरी गत वैशाख २७ गते राति हत्या गरेर घरदेखि ६ सय मिटर दक्षिण राजविराज नपा-६ स्थित ढल नालाको पुलचोक कल्भर्टमा लाश फालेको आरोप थियो । घाँटीमा चोट पटकको दाग भएको अवस्थामा वैशाख २८ गते पीडितको लाश फेला परेपछि अनुसन्धानका क्रममा प्रहरीले सञ्जिलालाई वैशाख २९ गते गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । लाशको पोष्टमार्टम राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा वैशाख २८ गते गरिएको थियो ।
मृतकका ४० वर्षीय बुवा उमेशकुमार साहले आरोपितमाथि शङ्का गर्दै वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
जिल्ला अदालतको आदेशले आरोपित पुर्पक्षका लागि जेठ २४ गतेदेखि राजविराज कारागारमा थुनामा रहेकी थिइन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार…
धनकुटाको सहीदभूमि–६ मा मतदान सुरु
सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ । मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३० गते विवाद भएपछि स्थगित भएको मतदान सहीदभूमि गाउँपालिका–६ मा सुरु…