१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपित दुई जना गिरफ्तार

औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा धान खेतमा असोज २७ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहीले बताए ।

दुर्गा पूजाको मेला हेर्न गएकी बालिका असोज २६ गते साँझदेखि हराएकी थिइन् । बालिकालाई बलात्कार गरी हत्या गरेर फालिएको अवस्थामा लाश फेला परेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले औरही गाउँपालिका–५ का ३२ वर्षीय विनोद मुखिया र सोही गाउँपालिका–३ का ३० वर्षीय नथुनी पण्डितलाई असोज २७ गते गिरफ्तार गरेको डिएसपी शाहीले बताए ।
अनुसन्धानका क्रममा विनोद मुखियाले पैसा दिएर बालिकालाई फकाएको खुलेपछि उनलाई गिरफ्तार गरेको डिएसपी शाहीले बताए । मुखियाको बयानपछि नथुनी पण्डित लाई पनिगिरफ्तार गरिएको हो ।

प्रहरीका अनुसार दुवै जनाले आरोप स्वीकार गरेका छन् । पोष्टमार्टमाटका लागि जनकपुर अञ्चल अस्पतालमा शव राखिएको छ । पीडित पक्षले असोज २७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । उनीहरूमाथि थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।


विनोदकुमार रविदास