१० महिनादेखि पारिश्रमिक नपाएको स्वास्थ्य कर्मचारीको गुनासो
त्रिपुरासुन्दरी नगरपालिकाको स्वास्थ्य सेवाका कर्मचारीले ०८० साउन महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।
नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत भ्याक्सिनेटरको रूपमा काम गरेका पाँच जना कर्मचारीले पारिश्रमिक नपाएका हुन ।
१० महिनादेखि बिना पारिश्रमिक काममा खटिएको बारे नगरपालिकालाई ध्यानाकर्षण गराएको पहाडा स्वास्थ्य चौकीमा कार्यरत ४७ वर्षीय लक्ष्मी चन्द्र केसीले बताउनु भयो । पारिश्रमिक नपाएको १० महिना भयो, अहिले सम्म पाएको छैनौं । नगरपालिकाले म लगायतका अन्य कर्मचारीहरूलाई बिना पारिश्रमिक काम गर्न समस्या भएको उहाँले बताउनु भयो ।
नगरपालिकाले भ्याक्सिनेटरलाई महिनाको ४ हजार ३ सय रुपियाँ पारिश्रमिक दिने गरी सम्झौता गरेको थियो । सम्झौता गरेको महिना पारिश्रमिक निरन्तर आइरहेको र म्याद थप गरेको मिति देखि भने पारिश्रमिक नपाएको उहाँको भनाइ छ। यसरी आफ्नो पारिश्रमिक न पाएपछि अहिले उहाँले जागिर छोड्ने मनस्थितिमा हुनुहुन्छ । जागिर छोडेर कृषि पेशा गरेर बस्ने समेत उहाँले गुनासो गर्नुभयो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीराचन्द्र धरलाले अबको केही दिनमा सबैको पारिश्रमिक एकैपटक उपलब्ध गराउने बताउनु भयो । पहिला विविध समस्याका कारण भ्याक्सिनेटरको पारिश्रमिक रोकिएको थियो अब भने स्वास्थ्य शाखा सँग सबै डाटा मागेर पारिश्रमिक गराउने उहाँको भनाइ छ।
नगरपालिकाले फाजिलमा रहेका कर्मचारीलाई विभिन्न सामुदायिक स्वास्थ्य इकाइमा काजमा खटाए पनि ०८० साउन यताको तलब बजेट नभएको भन्दै रोकेको थियो । तलब बजेट रोके सँगै अहिले नगरपालिका का अधिकांश स्थायी र करार कर्मचारीले समेत पारिश्रमिक पाएका छैनन् ।
पुर्ण सार्की
सम्बन्धित समाचारहरू
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…