१० ओटै मतदान केन्द्रमा भएको पुनः मतदान शान्ति पूर्वक सप्पन्न
छिटफुट घटना बाहेक दोलखामा भएको पुनः निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
दोलखाका चार ओटा मतदानस्थलका १० ओटा केन्द्रमा ०७९ मङ्सिर १५ गते भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।
मतदानका क्रममा जफे, पुतलीकाठ र मिर्गेमा भने राजनीतिक दलका कार्यकर्ता बीच सामान्य झडप भएको थियो ।
बैतेश्वर गाउँपालिका वडा नं २ पुतलिकाठस्थित जनज्योति माविमा भएको निर्वाचनमा सामान्य झडप र उम्मेदवारको गाडी तोडफोड भएको छ । पुतलीकाठमा एमाले र गठबन्धनका कार्यकर्ताबीच विवाद हुँदा सामान्य झडप हुनुका साथै गठबन्धनको तर्फबाट प्रदेशसभा १ का उम्मेदवार कांग्रेस नेता कुण्दनराज काफ्ले चढेको गाडीमा ढुङ्गामुडा प्रहार भएको हो ।
बैतेस्वोर वडा न ६ को मतदान केन्द्रमा निर्वाचन पर्यवेक्षण गर्दै इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथाेकी र केन्द्रीय कार्यालयका कृष्ण गौतम
हेल्थपोस्ट मतदान केन्द्र जफेमा प्रदेश सभा १ का उमेदवार नरबहादुर श्रेष्ठमाथि गठबन्धनका कार्यकर्ताले नाराबाजी गर्दै झडपको अवस्था आयपछ प्रहरीले सुरक्षा दिएको थियो ।
यस्तै बैतेश्वरको मिर्गेस्थित कालिढुङ्गा मतदान केन्द्रमा पनि नाराबाजी भएको छ । पुतलीकाठमा कांग्रेस उम्मेदवार काफ्लेको गाडीमा ढुङ्गामुडा प्रहार भएपछि मिर्गेमा कांग्रेसका कार्यकर्ताले एमालेका उम्मेदवार विरुद्ध नारावाजी र अवरोध गरेका छन् ।
दिउँसो मिर्गे मतदान केन्द्रमा पुगेका एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी विरुद्ध कांग्रेस कार्याकर्ताले नारावाजी र प्रदर्शन गरेका हुन् ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बुथ कब्जा भएको भन्दै एमालेले उजुरी दिएपछि दोलखाको बैतेश्वर गाउँपालिकास्थित बैतेश्वर मावि नाम्दु, कालिढुंगा मावि मिर्गे, जनज्योति मावि पुतलीकाठ र तामाकोशी गाउँपालिकाको जफेस्थित जामुने मतदान केन्द्रमा आज पुनः निर्वाचन भएको हो । आज भएको निर्वाचनमा बैतेश्वर गाउँपालिका २ मा ९ सय ५५, बैतेश्वर ३ मा १२ सय ३८, बैतेश्वर ६ मा १२ सय ३४ र तामाकोशी गाउँपालिका ३ मा ८ सय ३० गरी जम्मा ४ हजार २ सय ५७ मत खसेको छ ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…