१० ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान गराउने आयोगको निर्णय
निर्वाचन आयोगले दोलखाका चार ओटा मतदानस्थलका १० ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान गराउने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितको मङ्सिर १२ गते बसेको बैठकले मङ्सिर १५ गते मतदान गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत शिवकुमार पोखरेलले जानकारी दिनु भयो । उहाँले मतदानको तयारी सुरु गरिएको पनि बताउनु भयो ।
निर्वाचन आयोगले मङ्सिर ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई मङ्सिर १५ गतेभित्र निर्वाचन गराइसक्न निर्देशन दिएपछि जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले निर्वाचनको मिति तोकेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले बुथ कब्जा भएको उजुरी दिएपछि निर्वाचन आयोगबाट आएको जाँचबुझ आयोगले मङ्सिर ४ मा सम्पन्न मतदान प्रकृया धाँधली भएको पुष्टि गर्दै पुन: निर्वाचन गर्न सिफारिस गरेका थियो । सोही सिफारिसका आधारमा आयोगले पुन: निर्वाचन गर्ने निर्णय गरेको थियो ।
आयोगको निर्णय अनुसार बैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वडा नं. ३ कालिढुङ्गा (क, ख, ग), वडा नं. २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा मतदान हुने भएको हो ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…