कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ८ गते)

  ०७९ भदौ ८ गते 

भदौ ८ गते २ सय ४२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९६ हजार २ सय ३१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७९ हजार ९ सय ३८ जना निको भएका छन् । भदौ ८ गते १ सय ६४ जना निको भएका छन् भने निको हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ९८ रहेको छ ।

भदौ ८ गतेसम्म ११ हजार ९ सय ९५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ८ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ ८ गते २ हजार ३ सय ७१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ सय ४५ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ८ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४९ हजार ८ सय ३० जनालाई कोभिड पुष्टि भएको छ । भदौ ८ गतेसम्म २ करोड १२ लाख ७३ हजार ४ सय ५९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क