होस्टेलमा रहेका बालक मृत भेटिएपछि विद्यालय तोडफोड
बेलुकी अबेरसम्म पढेर सुतेका उग्रतारा जनागाल गाविस-८ का १७ वर्षीय प्रमोद भनिने कृष्णराम पुर्कोटी बनेपा नपा-५ मा रहेको ज्ञानकुञ्ज माविको होस्टेलमा फागुन ९ गते बिहान मृत भेटिएपछि आक्रोशित जमातले विद्यालय तोडफोड गरेको छ ।
ज्ञानकुञ्ज माविमा नर्सरीदेखी पढ्दै आएका पुर्कोटी एसएलसी परीक्षाको तयारीका लागि एक महिना अगाडिबाट विद्यालयको होस्टेलमा राखिएका थिए ।
फागुन ९ गते विहान सँगै सुतेका साथीहरूले बोलाउँदा नबोलेका कारण वार्डेन र कोठामा रहेका साथीहरूले बोकेर नजिकैको करुणा अस्पताल पुर्याएका थिए । करुणा अस्पतालले मृत्यु भइसकेको थाहा पाएपछि 'आफूहरूले नसक्ने' भन्दै शीर मेमोरियल अस्पताल जान सल्लाह दिएका थिए । शीर मेमोरियल अस्पतालमा पुर्याएपछि उनलाई मृत घोषणा गरिएको थियो ।
मृतकका आफन्तहरूले पुर्कोटीलाई विद्यालय प्रशासन र सँगै बसेका साथीहरूको मिलेमतोमा मारिएको भन्दै दिँउसो विद्यालय तोडफोड गरेका थिए । विद्यालय तोडफोडबाट जोगाउन प्रहरीले सात राउण्ड हवाइ फायर गरेको थियो । झडपमा उग्रतारा जनागाल गाविस-८ का २७ वर्षीय सुरेन पुर्कोटी र २६ वर्षीय शिक्षक मनोज पुर्कोटी घाइते भएका छन् । झडपमा परी प्रहरी जवानहरू चन्द्रकिशोर शाह, गणेश मगर र अशोककुमार गिरी घाइते भएका छन् ।
मृतकका ३८ वर्षीय बावु प्रकाश पुर्कोटीले आजै इलाका प्रहरी कार्यालय बनेपामा मृत्युको कारण नखुले पनि 'ज्यान' शीर्षकमा मुद्दा दर्ता गरेका छन् । विद्यालय प्रशासनको लापरबाहीका कारण छोराको मृत्यु भएकाले अनुसन्धान प्रक्रियाबाट खुल्न आएका सबैलाई कारबाही हुनुपर्ने माग गर्दै उनले निवेदन दिएका छन् । शवको पोष्टमार्टमका लागि आजै शिक्षण अस्पताल काठमाडौँ पठाइएको छ । कोठामा सँगै रहेका उनका ८ जना साथीहरू र वार्डेनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
भोजराज तिमल्सिना
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…