होलीमा सुविधा नदिएको भन्दै कारागारका बन्दीहरू आन्दोलित
सरकारले कारागारमा रहेका बन्दीहरूलाई फागुपर्व (होली) मनाउन सुविधा नदिएको भन्दै गौर कारागारका बन्दीहरूले फागुन १८ गते साँझदेखि कारागार भित्रै आन्दोलन गरेका छन् ।
विगतका वर्षहरूमा सरकारको तर्फबाट बन्दीहरूका लागि छुट्टै बजेटको व्यवस्था गरिएकामा यस वर्षको होलीमा कुनै रकम नदिएकाले आन्दोलन गरेको बन्दीहरूले बताएका छन् ।
बन्दीहरूले कारागारको मुलद्वारमा बसेर नारा लगाएका थिए । प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष रविन्द्र साहको फेसबुक स्टाटसमा कमेण्ट गर्दै राज्यले बन्दीहरूलाई दसैँमा र महिला बन्दीहरूलाई सुत्केरी भएमा मात्र अतिरिक्त सुविधा दिएको भन्दै बन्दीहरूलाई होली खर्चबापत छुट्टै रकम दिन नसकिने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले विगतका वर्षहरूमा जिल्लाका प्रशासन प्रमुखहरूले बन्दीसँगै होली मनाउने गरिएकामा यस वर्षसमय अभावले गर्दा सम्भव नभएकाले बन्दीहरूले आन्दोलन गरेको नभइ सामान्य असन्तुष्टि मात्र व्यक्त गरेको प्रतिक्रिया दिएका छन् ।
विपीन गौतम
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…