हेल्मेट नलगाएको आरोपमा प्रहरीले कुटपिट गरेको आरोप
गुलरिया नपा -१ सघाहापुरका २७ वर्षीय दिनेश यादवलाई इलाका प्रहरी कार्यालय गुलरिया नपा-१० स्थित चौकीका प्रहरी हवल्दार टेकबहादुर चन्दले भदौ ६ गत निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।
स्थानीय शर्वजित यादवका अनुसार दिनेश बिहान भारतीय सीमावर्ती क्षेत्रमा रहेको भारतीय प्रहरी सीमा सुरक्षावल (एसएसबी) क्याम्पमा दूध बेच्न जाने क्रममा मोटरसाइकलबाट ओराली असई भूमी चन्दले दुई झापड लगाएपछि हवल्दार टेकबहादुर चन्दले चौकी भित्र लगी पर्खालमा टाउको ठोक्काईठोक्काई कुटपिट गरेको पीडितले आरोप लगाए । हवल्दार चन्दले बाइक कुदाउँदा हेल्मेट नलगाएको भन्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दिनेशका छिमेकीसमेत रहेका शिक्षक विश्वम्भर यादवले थपे-'हेलमेट नलगाएको भन्दै प्रहरीले पिटेका हुन् । यदि कानुन उल्लङ्घन गरेको भए कानुनी कारबाही गर्नुपथ्र्यो ।' कुटपिटपछि चौकी बाहिर ल्याएर छाडिदिएको उनले बताए । घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल बर्दिया पुर्याइएको भएपनि थप उपचारका लागि नेपालगञ्ज 'रिफर' गरिएको छ ।
'चेकचाँज पश्चात छाडिदिनु पर्ने हो । त्यसरी कुटपिट गर्न नहुने हो ।'- जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहोराले भने-'घटनाका बारेमा हामीले अनुसन्धान गर्दैछौँ ।'
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…